राेटरी क्लब अफ काँकडभिट्टाकाे पदस्थापन कार्यक्रम : “राेटरी नाफामुखी नभई सेवामुखी संस्था ” डिजिएन काेईराला

A notice in Nepali from Mechinagar Ward No. 10

१९ असार, मेचीनगर: अन्तराष्ट्रिय राेटरी क्लब नेपाल भुटान अन्तरगत राेटरी क्लब अफ काँकडभिट्टाकाे १४ ओैँ पदस्थापन कार्यक्रम मंगलवार सम्पन्न भएकाे छ ।

मेचीनगर – ८ सि्थत हाेटल मेची क्राउनमा राेटरी क्लबका डिष्ट्रिक गर्भनर नाेमिनी विनाेद काेईरालाकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे । प्रमुख अतिथि काेईराला र विशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पाेखरेल उप्रेतीले संयुक्तरूपमा राेटरी थिमकाे व्यानर अनावरण गरी विधिवतरूपमा उद्घाटन गर्नुभएकाे थियाे ।

प्रमुख अतिथि काेईराला र असिस्टेन्ट गर्भनर (एजी ) दिपु संदिप चापागाईकाे उपस्थितिमा क्लबका निवर्तमान अध्यक्ष सुजन प्रधानले सन् २०२३-२४ का अध्यक्ष ईञ्जिनियर रूद्र मैनालीलाई क्लबकाे चार्टर सर्टिफिकेट, प्रेसिडेन्ट कलर, ग्यवल र गन प्रदान गरी विधिवतरूपमा पद हस्तान्तरण गर्नुभयाे । त्यस लगत्तै प्रमुख अतिथि डिष्ट्रिक गर्भनर नाेमिनी काेईरालाले नवनिर्वाचित अध्यक्ष ईञ्जिनियर रूद्र मैनालीलाई पद तथा गाेपनियताकाे सपथ ग्रहण गराउनुभयाे ।

सपथग्रहण पश्चात सन् २०२३-२४ का अध्यक्ष मैनालीले मिटिङ कल गरी आफ्नाे टिमकाे परिचय गराउँदैँ भावी याेजना प्रस्तुत गर्नुभयाे । अध्यक्ष मैनालीले आफ्नाे कार्यकालका पदाधिकारीहरूलाई पद तथा गाेपनियताकाे सपथ ग्रहण गराउनुभयाे । साथै राेटरी क्लबका सदस्यहरूलाई राेटरी पिन प्रदान गर्नुभयाे ।

राेटरी क्लव अफ काँकडभिट्टाका सन् २०२३-२४ का अध्यक्ष इञ्जिनियर रूद्र मैनालीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सन २०२२-२३ का अध्यक्ष सुजन प्रधानले आफ्नाे कार्यकालमा भए गरेका कामकाे वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे ।

प्रमुख अतिथि डिष्ट्रिक गर्भनर नाेमिनी विनाेद काेईरालाले नवनिर्वाचित सवै पदाधिकारीसहित सदस्यहरूलाई बधाई ज्ञापन गर्दैँ कार्यकाल सफलताकाे शुभकामना व्यक्त गर्नुभयाे । याे टिमसँग राेटरीले निक्कै आशा लिएको उहाँले स्पष्ट पार्नुभयाे । राेटरी निक्कै ठुलाे महासागर रहेकाे भन्दैँ यसबाट जति लिनुपर्ने हाे लिन नसकेकाे बताउनुभयाे ।

याे क्लबमात्र नभएर अन्तर्राष्ट्रिय क्लबकाे यूनिट रहेकाे स्पष्ट पार्नुभयाे । २ सयबढि देशमा राेटरीका सदस्यहरू भएकाे र राेटरीकाे सदस्य भएकै कारण विश्वमा राेटरी क्लबमा गर्वका साथ सहभागिता जनाउन सकिने उहाँकाे भनाई छ । याे संस्था नाफामुखी नभएर सेवामुखी भएकाे, राेटरीकाे नेतृत्वमा पुग्ने व्यक्तिले गाैरव मान्ने र समाजमा केही गर्ने अवसर पनि मिलेकाे उहाँकाे भनाई थियाे । नेतृत्वमा आईसकेपछि राेटरीका गतिविधि बुझे याेजना पुरा नहुने र डेढबर्षअघि नै उस्ले राेटरी बुझी सकेकाे उहाँले बताउनुभयाे ।

विशिष्ट अतिथि काेशी प्रदेश सभा सदस्य गाेपाल तामाङले सच्चा राेटरीले नेतृत्व विकाससँगै समाजका हरेक क्षेत्रमा जिम्मेवारीपुर्वक कार्य गर्ने बताउनुभयाे । राेटरीमा भिन्नरूपमा काम गर्ने अवसर मिल्ने र जिम्मेवारी पुरा गर्दा आनन्द मिल्ने बताउनुभयाे । राेटरीले दाहिने हातले दिदाँ देब्रे हातले थाहा नपाउने र राेटरीमा लागेपछि दिनै पर्छ भन्ने मान्यता रहेकाे भन्ने गलत बुझाई रहेकाे उहाँले स्पष्ट पार्नुभयाे । राेटरियनहरू विना शर्त र निस्वार्थरूपमा हरेक दीन दु:खीकाे घरमा पुगेर सेवा गरिरहेकाे बताउनुभयाे ।

विशिष्ट अतिथि काेशी प्रदेशसभाका निवर्तमान प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले राेटरियनहरूले अब राजनीति दलका नेताहरूलाई धेरै कुरा सिकाउनु पर्ने र राजनीति दलका नेताहरूले धेरै कुरा सिक्न बाँकी रहेकाे विचार राख्नुभयाे । राेटरीले समाजमा केही गर्नुपर्छ भन्ने सन्देश दिएकाे बताउनुभयाे । राेटरीलाई संघीय , प्रदेश र स्थानीय सरकारले साथ सहयाेग गर्नुपर्ने बताउँदैँ आफ्नाेतर्फबाट सक्ने सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

विशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पाेखरेल उप्रेतीले राेटरीले स्वास्थ्य शिक्षालगायत समाजका विभिन्नक्षेत्रमा पुर्याएकाे याेगदानकाे उच्च मुल्यांकन गर्नुभयाे । काेभिड महामारीका बखत यसकाे नियन्त्रण र राेकथाममा राेटरीले निर्वाह गरेकाे भूमिकाकाे चर्चा गदैँ राेटरीबाट नेपालका विभिन्न राजनीति दलहरूले थुप्रै कुराकाे अनुशरण गर्नुपर्ने बताउनुभयाे ।

काेभिडका समयमा नाकामा बसेर काेभिडबाट हुने क्षति कम गर्न गरेकाे भूमिकाकाे चर्चा गर्दै क्लबप्रति हार्दिक धन्यवादसहित आभार प्रकट गर्नुभयाे । अक्सिजन प्लान्ट निर्माणदेखि काेभिडबाट बच्नकालागि आवश्यक सामाग्री समेत वितरण गरी स्थानीय सरकारलाई साथ सहयाेग गरेकाे स्पष्ट पार्नुभयाे ।

उहाँले राेटरी क्लब अफ काँकडभिट्टासँग मेचीनगर नगरपालिका साथसाथै हिड्न र समन्वय गर्न तयार रहेकाे र स्थानीय सरकारकाे हैसियतले गर्ने साथ सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

कार्यक्रमकाे उद्घाटन सत्रमा राेटरी क्लबका असिस्टेन्ट गर्भनर दिपु संदिप चापागाईंले राेटरीकाे थिमकाे बारेमा प्रष्ट पार्दैँ “क्रेट हुप ईन द वल्ड” लाई सार्थक बनाउन अहिले विश्वका राेटरियनहरू लागेकाे जानकारी गराउनुभयाे । राेटरीले अहिले स्वास्थ शिक्षालगायत सामाजिक सेवामा गरिरहेकाे कामलाई अझ द्रुतगतिमा अघि बढाउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयाे । राेटरियन इन्जिनियर जीवन भट्टराईले टाेस्ट प्रपाेजल प्रस्तुत गर्नुभएकाे थियाे भने क्लबका प्रेसिडेन्ट नाेमिनी उदयकुमार श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभयाे ।

राेटरी क्लव अफ काँकडभिट्टाका प्रेसिडेन्ट ईलेक्ट डाक्टर आनन्दराज खनालले स्वागत गर्नुभएकाे भएकाे थियाे भने सञ्चालन क्लवका सचिव भगिरथ राईले गर्नुभएकाे थियाे ।

कार्यक्रममा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका कप्तान रूविना क्षेत्रीलाई प्रतिभा सम्मान प्रदान गरियाे । नगद, फुलकाे गुच्छा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिलगायतले सम्मानित व्यक्तित्व क्षेत्रीलाई सम्मान पत्र प्रदान गर्नुभयाे । उहाँकाे व्यक्तित्वका बारेमा राेटरी क्लब अफ काँकडभिट्टाका प्रेसिडेन्ट नाेमिनी उदयकुमार श्रेष्ठले प्रष्ट पार्नुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.