सन्दीपकाे जादुमयी बलिङ: ४ ओभरमा ६ रन खर्चेर तीन विकेट लिए

A notice in Nepali from Mechinagar Ward No. 10

आज जन्मदिन मनाइरहेका क्रिकेटर सन्दीप लामिछानेले ग्लाेबल टि-२० क्यानाडामा अविस्मरणीय प्रदर्शन गरेका छन् । उनकाे जादूमयी बलिङमा मिस्सिसाउगा प्यान्थर्स केवल ५६ रनमा समेटयाे ।

सन्दीपकाे टीम सर्रे जगुअर्सले टस जितेर प्यान्थरलाई पहिले ब्याटिङकाे निम्ताे दिएकाे थियाे । प्यान्थरले निकै खराब सुरूवात गर्दै ६.१ ओभरमा ३० रन मात्र जाेड्दा प्यान्थरले चार विकेट गुमाइसकेकाे थियाे । त्यसपछि सन्दीप साताैं ओभरमा बलिङ गर्न आए ।

आफ्नाे पहिलाे ओभरमा एक रन मात्र खर्चेर दुई विकेट लिँदै सन्दीपले प्यान्थरकाे कम्मर ताेडिदिए । उनले ओभरकाे पाचाैं र छैटाैं बलमा विकेट लिएका थिए । पाचाैं बलमा आजम खान र छैटाैंमा टम कुपर सन्दीपकाे शिकार भए ।

सन्दिपले ह्याट्रिक पूरा गर्न भने सकेनन् । आफ्नाे दाेस्राे ओभरमा उनले तीन रन खर्चिए । तेस्राे ओभरमा एक रन मातणर दिए । चौथो ओभरमा सन्दीपले जहुर खानकाे विकेट लिए । याे ओभरमा उनले एक लेगबाइ सहित ४ रन दिए ।

समग्रमा सन्दीपकाे आँकडा रह्याे चार ओभरमा ६ रन, तीन विकेट । उनकाे चार ओभमा कुनै पनि ब्याट्सम्यानले बाउन्ड्री निकाल्न सकेनन् । सम्भवत टि२० लिगमा सन्दीपकाे अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हुन सक्छ ।

प्यान्थरका लागि इफ्तिकार अहमदले २ विकेट लिए । आजकाे खेलमा विजयी भए जागुअर्सले प्लेअफमा स्थान बनाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.