‘नीजि सम्पतिको उत्पति र त्यसप्रतिको मोह नै भ्रष्टचारको मुख्यः कारण’-महासचिव विप्लव ‘सी’

‘भ्रष्टचारको मुल जड नै पूँजीवाद हो’

A notice in Nepali from Mechinagar Ward No. 10

२०साउन, मेचीनगर : नेपाल कम्यूनिष्ट पार्टीका महासचिव विप्लव ‘सी’ ले नीजि सम्पतिको उत्पति र त्यसप्रतिको मोह नै भ्रष्टचारको मुख्यः कारण भएको विचार राख्नुभएको छ । शनिबार माक्र्सवादी ज्ञान केन्द्रले आयोजना गरेको ‘भ्रष्टचारको महारोग र निर्मुल पार्ने उपायहरु’ विषयक ‘भर्चुअल डिस्कोर्स’ मा बोल्दैं महासचिव ‘सी’ ले त्यस्तो विचार राख्नुभएको हो ।

‘भर्चुअल डिस्कोर्स’ का प्रमुख अतिथि समेत रहनु भएका महासचिव ‘सी’ ले पछिल्लो समय तलदेखिमाथिसम्म राजनीतिक्षेत्रदेखि सरकारी तथा प्रशासनतहसम्म भ्रष्टचार मौलाएको भन्दैं यसलाई निर्मुल पार्न नीजि सम्पतिको उत्पति र त्यसप्रतिको मोहको अन्त्य हुनुपर्ने र जबसम्म नीजि सम्पतिको संरक्षण र त्यसप्रतिको मोह बढिरहन्छ तबसम्म भ्रष्टचारको अन्त्य कल्पना पनि गर्न नसकिने बताउँनुभयो । पूजीँबाद भ्रष्टचारको जननी भएको भन्दैं उहाँले अहिले त पूजीँबादमा मात्र नभएर समाजवादमा समेत भ्रष्टचार मौलाएको स्पष्ट पार्नुभयो ।

‘अपारदर्शीकै कारण समाजवाद ढलेको हो’ उहाँले भन्नुभयो—‘भ्रष्टचार मनमा राखेर मुखबाट निर्मुल पार्छु भन्नुको कुनै अर्थ छैन् । ’ यदि भ्रष्टचारलाई निर्मुल पार्ने हो भने हरेक नागरिकलाई सूसुचित गर्नुपर्ने, राज्यको रुपान्तरणको खाँचो रहेको, आर्थिक सुधारका काम हरु गरेर गरिवी हटाउनुपर्ने उहाँको तर्क थियो । भ्रष्टचारमा कहि कतै आफ्नै विचार, सिद्घान्त मिल्ने वा आफ्नै दलका नेता कार्यकर्ता परे उनीहरुको बचाउँ र संरक्षण गर्ने भन्दैं महासचिव ‘सी’ ले खास गरी यो परिपाटी राजनीतिक दलमा देखिएका कारण पछिल्लो समय नीतिगत भ्रष्टचार मौलाएको टिप्पणी गर्नुभयो ।

‘साँसद् मन्त्रीमात्र होईन नगरपालिका र गाउँपालिकाका जनप्रतिनिधि बन्न चुनावमा टिकट लिन सम्म आ—आफ्ना दललाई पैसा बुझाए मात्र टिकट पाउने अबस्था सिर्जना भएको छ’ उहाँले भन्नुभयो—‘ सो गरेपछि त चुनाव जितेर गएपछि वा मन्त्री बनेपछि भ्रष्टचार नगर्ने कुरै भएन् ।’ चुनावमा अत्यधिक खर्च गर्ने, खर्चको पारदर्शीता नहुने,आफैले बनाएको ऐन कानून र संविधान उल्लंघन गर्ने नमान्ने अनि कसरी भ्रष्टचार निमुृल हुन्छ उहाँले प्रति प्रश्न गर्नुभयो । जो सुकैले भ्रष्टचार गरोस खुलेर कारवाही गर्न सक्नुपर्छ, को आफ्नो को फरक दल र विचारको भ्रष्टचार गरेको पुष्टि हुने वित्तिकै धमाधम कारवाही गर्ने हो भने निर्मुल पार्न सकिनेलगायतका उपायहरुका बारेमा उहाँले विचार व्यक्त गर्नुभयो ।

‘भर्चुअल डिस्कोर्स’ लाई सम्बोधन गर्दै विषय विज्ञ बाम बुद्घिजीवी डाक्टर खगेन्द्र प्रसाईले भ्रष्टचार बुझ्न पहिला पूँजीवाद बुझ्नुपर्नै आवश्यकता औल्याउनुभयो । पूँजीवादलाई कायम राखेर भ्रष्टचारको अन्त्य गर्ने कल्पना समेत गर्न नसकिने भन्दें उहाँले पूँजीवादलाई नियमन गरेरमात्र भ्रष्टचार विरोधी लडाई लड्न सकिने स्पष्ट पार्नुभयो । भारतको उदारहण दिदैं डाक्टर प्रसाईले यसो गर्न माक्सवाद नै हुनु नपर्ने तर्क पेश गर्नुभयो । भारतमा पूँजीवादी व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो । अहिले पछिल्ला निर्वाचन महंगा महंगा हुदैं गएको र पूँजीवादले मात्र चुनाव जितिने सिद्घान्तका आधारमा वा सिद्घान्तले मात्र चुनाव जित्न गाहे हुने उहाँको विचार थियो । ‘पूँजीवाद नै चुनाव जित्ने आधार हो ’ डाक्टर प्रसाईले भन्नुभयो —‘सिद्घान्तले मात्र चुनाव जित्ने दिन गए, सिद्घान्तले मात्र चुनाव जितिन्दैन् । ’

यो व्यवस्था आए, प्रत्यक्ष प्रधानमन्त्री, राष्ट्रपति चुनिन् पाए, वा संघीयता, प्रदेश खारेज भए भ्रष्टचारको निर्मुल हुन्छ, भ्रष्टचार हुर्दैन भनेर सोच्नु बेकार हुने उहाँले स्पष्ट पार्नुभयो । उहाँले निजीकरण पूँजीवादसँग भ्रष्टचारको निक्कै ठूलो र गहिरो सम्बन्ध रहेको डाक्टर पसार्यको भनाई थियो । ‘भ्रष्टचारको मुल जड नै पूँजीवाद हो’ उहाँले भन्नुभयो ।

टिप्पणीकार अधिकारकर्मी प्रतिमा शर्माले भ्रष्टचार अन्त्यका लागि निजीक्षेत्रलाई सक्रिय र जवाफदेही बनाउनुपर्ने बताउनुभयो । भ्रष्टचार किन भईरहेको छ, ? कारण पत्ता लगाउन सके बेलैमा भ्रष्टचार नियन्त्रण गर्न सकिने उहाँको भनाई छ । अहिलेको कानुनी व्यवस्था कमजोर र फितलो भएको भन्दैं अधिवक्ता समेत रहनु भएकी शर्माले बलियो कानुनी ढाचाँ हुनुपर्ने, भ्रष्टचार पुष्टि भए भ्रष्टचार गर्नेलाई कडारुपमा दण्ड, जरिवाना, कारवाही र सजायको व्यवस्था हुनुपर्ने औल्याउनुभयो । पछिल्लो समयमा मानविय हस्तक्षेप बढेको भन्दैं उहाँले सरकारी प्रक्रियालाई स्वचालित बनाउनुपर्ने प्रविधिको प्रयोग अधिकरुपमा गर्नुपर्ने स्पष्ट पार्नुभयो । कसैले भ्रष्टचार गरेको उजुरी गर्नेको संरक्षण, निष्ठाको संस्कृतिलाई अप्नाउनुपर्ने समेत शर्माले बताउनुभयो । स्वतन्त्र मिडियालाई प्रोत्साहन गरेर क्षमतावान बनाउनुपर्ने समेत तर्क उहाँको छ । नागरिक तहसम्म जागरुक बनाउन सके केहीहदसम्म भ्रष्टचार निर्मुल हुने उहाँको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.