मेचीनगर ८ मा एक पुरुषको शंकास्द शव फेला

A notice in Nepali from Mechinagar Ward No. 10

३२ साउन,मेचीनगर : झापाको मेचीनगरमा एक ४३ वर्षिय पुरूषको हत्या गरि खोल्सीको झाडीमा लुकाईएको अवस्थामा शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार मेचीनगर–८ का ४३ वर्षिय सुन्दर किसानको शव मृत अवस्थामा भेटिएको हो ।

उनका अनुसार घट्ना किन र कहिले भयो ? भन्ने बारे भने अनुसन्धान भइरहेको छ । जिल्ला र प्रदेश प्रहरीले घट्नाको अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

शवको प्रकृति हेर्दा विभत्स तरिकाले हत्या गरिएको देखिन्छ । यद्यपी प्रहरी अनुसन्धान भइरहेकाले अनुसन्धानले नै थप कुरा पत्ता लगाउने प्रवक्ता रिजालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.