कोसीकी उपसभामुख काठमाडौं उडेपछि, प्रदेशसभाको बैठक अनिश्चित

A notice in Nepali from Mechinagar Ward No. 10

विराटनगर : विश्वासको मत लिनुअघि आज बिहान बस्नुपर्ने कोसी प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक अनिश्चित भएको छ । उपसभामुख सिर्जना दनुवार आजै संघीय राजधानी काठमाडौं लागेपछि बैठक बस्ने/नबस्ने अनिश्चय भएको हो ।

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिन सूचना दर्ता गराएपछि उपसभामुख दनुवारले सोमबारलाई बैठक बोलाएकी थिइन् । तर, उनी आज बिहान हवाई मार्गबाट काठमाडौंतर्फ लागेकी हुन् । विराटनगर विमानस्थल स्रोतले दिएको जानकारी अनुसार आफ्नो निजी सुरक्षाकर्मीसहित दनुवार काठमाडौं उडेकी हुन् ।

प्रदेशसभाको बैठक १ बजे डाकिएको छ । त्यसको पूर्वतयारी तथा सम्भावित कार्यसूचीबारे छलफल गर्न आज बिहान कार्यव्यवस्थाको बैठक उपसभामुख दनुवारले नै बोलाएकी थिइन् ।

नेपाली कांग्रेस कोसीका प्रमुख सचेतक भुपेन्द्र राईले कार्यव्यवस्था बैठक बस्ने भनिएकाले आफू प्रदेससभा सचिवालयतर्फ जान लागेको बताए ।(१२ खरीबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.