एमसिसी कार्यान्वयन विरुद्ध झापा,इलाम र पाँचथरमा पुतला दहन गर्दै प्रदर्शन

A notice in Nepali from Mechinagar Ward No. 10

विर्तामोड : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मेची ब्युरोले एमसिसी कार्यान्वयनका विरुद्ध मेची ब्युरो अन्तर्गत झापा ,इलाम र पाँचथरमा एमसिसी सम्झौताको पुत्ला दहन गरेको छ । बिहिवार नेकपाका नेताकार्यकर्ताले झापाको विर्तामोड स्थित मुक्तिचोक, इलाम सदरमुकाम र पाँचथरमा एमसिसी सम्झौता जलाएका हुन् ।

यता इलाम र पाँचथरमा कार्यक्रम सामान्य रुपमा सम्पन्न भएपनि विर्तामोडको कार्यक्रममा भने प्रहरीले हस्तक्षेप गरेको थियोे । हस्तक्षेप भएपछि आक्रोशित विप्लवका कार्यकर्ताले विभिन्न नाराबाजी गर्दै कोणसभा सम्पन्न गरेका छन्,। भद्रपुर बस स्टेसनबाट विभिन्न नाराबाजी सहित मुक्ति चोकमा आएका उनिहरुले शरिरमा नो एमसिसी लेखेका थिए।

विर्तामोडमा भएको कोणसभालाई सञ्चालन गर्दै नेपाल कम्युनिस्ट पार्टी झापाका जिल्ला सचिव तथा केन्द्रीय प्रतिनिधि समिती सदस्य सञ्जय सीले राष्ट्रिय स्वाधीनताको आन्दोलनमा दमन गर्नेको हिसाबकिताब हुने भन्दै प्रहरीको दमन खेदजनक रहेको बताएका छन्।

अहिले चलिरहेको एमसिसी विरुद्ध आन्दोलनमा अमेरिकी साम्राज्यवादका दलालहरुले दमन गरेको र हातपातको प्रयास गरेको भन्दै उक्त हर्कत खेदजनक र असह्य रहेको उनले बताए ।

त्यस्तै कोणसभालाई सम्बोधन गर्दै पार्टीका जिल्ला इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य प्रशान्त सीले नेपाली जनताको आन्दोलनलाई मत्थर बनाएर एमसिसी कार्यान्वयन गर्न खोजेपनी सम्झौता कार्यान्वयन हुन नदिन सबै नेपाली जनता एक ठाउँमा उभिएर प्रतिरोध संघर्ष गर्नुपर्नेमा देशकै सुरक्षा निकायले हस्तक्षेप गर्नु निन्दनीय रहेको बताए ।

राष्ट्रघाती एमसिसी विरुद्ध नेपालीहरु एकजुट हुन आवश्यक छ , उनले भने ‘साम्राज्यवादको नजर अहिले दक्षिण एसियामा परेको छ । कुनै हालतमा अमेरिकाको षड्यन्त्रलाई सफल हुन दिनु हुँदैन ।’

अमेरिकी जुठोपिठो खाएर नेपाली जनताका विरुद्धमा आउने शक्तिलाइ धुलोपिठो बनाउन सबैले हातेमालो गर्न र संघर्षमा उत्रन समेत उनले अपिल गरे।

उनले भने – ‘राष्ट्रिय स्वाधीनताका लागि जुनसुकै मोर्चा बनाएर लड्न तयार छौँ । अमेरिकाबाट सहयोग लिन्छौं , संसारका थुप्रै मुलुकबाट नेपाललाइ सहयोग आएको पनि छ तर सर्तसहितको सहयोग स्विकार्य हुँदैन । हामिलाइ तिम्रो सहयोग चाहिदैन भन्दाभन्दै खाए खा नखाए घिच भन्न मिल्छ , त्यो मिल्दैन । राष्ट्रियता बेचेर धनी बन्नु छैन । हामी हाम्रा आफ्नै पौरखले यो देश बनाउँछौ ।’

पुतला दहन कार्यक्रममा नेकपाका नेता-कार्यकर्ताले राष्ट्रघाती एमसिसी सम्झौता खारेज गर , गो ब्याक अमेरिका , रिजेक्ट एमसिसी , एमसिसि चाहिदैन सेना ल्याउन पाइदैन , अमेरिकी साम्राज्यवाद मुर्दावाद , नेकपा जिन्दावाद , प्रहरी हस्तक्षेप बन्द गर, एकीकृत जनक्रान्ती जिन्दावाद लगाएतका नारा लगाएका थिए ।

साथै उनिहरुले मुक्ति चोकमा हिजो लगाएको ब्यानर प्रहरीले हटाएको भन्दै आज पुनः कालो ब्यानर राखेका छन्,। यता मुक्ति चोकमा कुनै हालतमा ब्यानर राख्न नदिने भन्दै प्रहरीले ब्यानर निकाल्ने चेतावनी दिएपछि विप्लवका कार्यकर्ता ब्यानर राखेकै ठाउँमा नाराबाजी गरिरहेका थिए।

पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत एमसिसीका प्रमुख खड्क बहादुर बिष्टको पुत्ला दहन गर्ने , विभिन्न स्थानमा अन्तरक्रिया गर्ने लगायतका कार्यक्रम रहेको नेकपाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.