रोटरी क्लबद्वारा अरनिको मा.वि.लाई १२ थान पंखा, क्याम्पसलाई खानेपानी

A notice in Nepali from Mechinagar Ward No. 10

भदौ, मेचीनगर : रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल-भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाले निःशुल्करुपमा झापाको मेचीनगर—७ स्थित ज्यामिरगढीमा रहेको अरनिको माध्यमिक विद्यालयमा १२ थान सिलिङ पंखा जडान गर्ने भएको छ । क्लबको शुक्रबार सम्पन्न साप्ताहिक बैठकमा अध्यक्ष इञ्जिनियर रुद्र मैनालीले अघि सारेको प्रस्तावमा बहुमत सदस्यबाट समर्थन भएपछि करिब ३० हजार रुपैयाँ मुल्य बराबरका १२ थान पंखा जडान गर्ने निर्णय भएको क्लबका मिडिया कोडिनेटर लक्ष्मी उप्रेतीले जानकारी दिनुभयो ।

क्लबका सदस्यहरुले स्वतःस्फूर्त रुपमा प्रदान गरेको रकमबाट उक्त परिमाणका पंखा यही साताभित्र जडान हुने अध्यक्ष इञ्जिनियर मैनालीले जानकारी दिनुभयो । कृषि, चियालगायत अन्य मजदुरका छोराछोरी अरनिको सामुदायिक विद्यालयमा पठन पाठन गर्ने गरेका छन् ।

क्लबले शिक्षाका क्षेत्रमा धेरै काम गरेको छ । काँकरभिट्टा बहुमुखी क्याम्पसमा अध्ययनरत ४ जना, मेचीनगरकै बाहुनडाँगीमा रहेको अर्काे विद्यालयमा जेहेन्दार र आर्थिक अवस्था अलि कमजोर भएका विद्यार्थीहरुलाई छात्रावृत्ति समेत प्रदान गरेको छ । विगतमा मेचीनगर—५ नम्बर वडाको मेची आधारभूत विद्यालयलाई क्लबले ‘एडप’ गरी हरेक योजना दिने गरेको थियो ।

क्लबले विद्यालयमा खानेपानीको व्यवस्था, कम्प्युटर प्रदान गरेको छ, श्रव्य दृश्य मार्फत पठन पाठनलाई सहज र सरल बनाउनकालागि ‘इ लर्निङ प्रोजेक्ट’ मार्फत शिक्षकहरुलाई तालिमको अवसर प्रदान गरेको थियो । सोहि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर आवश्यकता अनुसार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

पूर्व अध्यक्षहरु कृष्णकान्त (नवराज ) खनियाँ , मोहन निरौला, अशोक श्रेष्ठ, दिलीप सुवेदी, सुजन प्रधान, सन् २०२३—२०२४ का नोमिनी अध्यक्ष उदयकुमार श्रेष्ठसहित क्लबका जिम्मेवार पदाधिकारीहरु इञ्जिनियर जीवन भट्टराई, उपाध्यक्ष कृष्णराज पौडेल, सह–कोषाध्यक्ष दुर्गाबहादुर लुइटेल, सदस्य उषा श्रेष्ठलगायतको उपस्थितिमा सम्पन्न बैठकले काँकरभिट्टा बहुमुखी क्याम्पस परिसरमा शुद्ध पिउने पानी परियोजना निर्माण गर्ने प्रस्ताव अघि सारेको मिडिया कोडिनेटर उप्रेतीले जानकारी दिनुभयो । यसअघि क्लबले मेचीनगर —५ को मेची आधारभूत र बालकल्याण माध्यमिक विद्यालय, मेचीनगर—७ स्थित मदनवस्तीमा अढाईदशक अघिदेखि मेचीनगर नगरपालिकाद्वारा सञ्चालित श्री कृष्ण प्राथमिक विद्यालय, मेचीनगर— ६ स्थित काँकरभिट्टा माध्यमिक विद्यालय मेचीनगर वडानम्बर —४ मा रहेको पशुपति माविमा शुद्ध पिउने पानी परियोजना हस्तान्तरण गरिसकेको सचिव भगिरथ राईले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.