धरान सिल गरियो, धरान हिडेका धार्मिक समूहलाई जिल्लामै रोकियो

A notice in Nepali from Mechinagar Ward No. 10

९ भदाैं, इटहरी : धरानमा शनिबार हिन्दूहरुको पुर्वघोषित र्याली हुन नदिन प्रशासनले धरानलाई सिल गरेको छ ।

गएरातिदेखि नै नाकाहरुमा प्रहरी तैनाथ गरी कडा चेकजाँच गरिएको छ ।

प्रशासनको अवरोधपछि धरानतिर जाने सार्वजनिक बसहरु पनि चल्न सकेका छैनन् ।

गोहत्याको विरोधमा हुन लागेको हिन्दू र्यालीमा घुसपैठ हुन सक्ने र तनावपूर्ण स्थिती सृजना हुनसक्ने सुचनापछि प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको थियो । तर हिन्दू धर्मका अगुवाहरुले भने र्याली गरेरै छाड्ने बताएका थिए ।

सुरक्षाकर्मीहरुले र्यालीमा सहभागि हुन हिडेकाहरुलाई विभिन्न जिल्लामा रोकेको खबर आएको छ । झापा, सप्तरी, उदयपुर, धनकुटा, मोरंग जिल्लामै सहभागिहरु सवार बसलाई प्रहरीले रोकेको छ ।

बस रोकिएपछि रोकिएकै ठाउँबाट विरोध प्रदर्शन र सामाजिक सञ्जालमा लाइभ गरिएका छन् ।

धार्मिक अगुवाहरुले भने शान्तीपूर्ण प्रदर्शन गर्न पाउने आफ्नो अधिकारलाई राज्यले कुण्ठित गर्न खोजेको भन्दै विरोध जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.