महिला उद्यमशिलताको लागि सहुलियत कर्जा हस्तान्तरण : ६ वटा संघ संस्थालाई १० लाख रुपैयाँबढी कर्जा प्रवाह

A notice in Nepali from Mechinagar Ward No. 10

२७ भदौं धुलावारी : देशका विभिन्न शहरमा महिला उद्यमशीलता लागि कर्जा प्रवाह बढाउन माग बढिरहेका बखत झापाको मेचीनगरमा बिना धितो सहुलियत व्याजदरमा महिला उद्यमशिलताको लागि सहुलियत कर्जा हस्तान्तरण गरिएको छ ।

मेचीनगरका उद्योगी व्यवसायीहरुको साझा संस्था मेची उद्योग बाणिज्य संघले मेचीनगरमा क्रियाशील ६ वटा विभिन्न संघ संस्थालाई १० लाख २० हजार रुपैयाँ सहुलियत कर्जा प्रदान गरेको हो ।

बुधबार आयोजित उद्यमशिलताको लागि सहुलियत कर्जा हस्तान्तरण कार्यक्रममा संघले विभिन्न ६ शीर्षकमा व्यवसाय गर्न सहुलियत ऋण प्रदान गरेको हो । संघले व्यावसायिक पशुपालन, तरकारी खेती, सिलाई बुनाई कर्जा उपलब्ध गराएको संघका अध्यक्ष खेमराज प्रसाईले जानकारी दिनुभयो । मेचीनगरका वडानम्बर ६, ८ र ९ का महिलाले सञ्चालन गरेका संघ संस्थालाई जनही १ लाख ७० हजार रुपैयाँ कर्जा प्रदान गरेको अध्यक्ष प्रसाईले जानकारी दिनुभयो । त्यस्तो कर्जाको अवधि दुई वर्षको हुनेछ । महिला उद्यमशिलता कर्जाका लागि ५ प्रतिशत ब्याज दिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य सविना बजगाईँ, विशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती, संघका निवर्तमान अध्यक्ष ऋषिराज तिम्सिनालगायतले कर्जा रकम बराबरको चेकसहित दुवैपक्षबीच भएको सम्झौता पत्र प्रदान गर्नुभएको थियो ।

पशुपालनतर्फ तारापुञ्ज छोरी बुहारी सशक्तिकरण मेचीनगर— ९ अध्यक्ष सीता पोखरेल लाई बाख्रा तथा कुखुरापालन, सञ्जिवनी महिला विकास संस्था मेचीनगर—९ अध्यक्ष रेणुका डाँगी सिलाई कटाई, श्री नारी कल्याणकारी विकाश संस्था मेचीनगर —९ अध्यक्ष जानुका ओली पशुपालन तथा विविध व्यवसाय, समाज सुधार महिला समूह मेचीनगर — ९ अध्यक्ष संगीता थापा सिलाई बुनाई , संयुक्त युवा संघ मेचीनगर —८ अध्यक्ष अग्निमया मेचे तरकारी खेती तथा महिला जनचेतना केन्द्र मेचीनगर—६ सीता गुरुङ पशुपालनकालागि कर्जा वितरण गर्नुभयो ।

सहुलियत कर्जा उपलब्ध गराउने योजना अगाडि सारेर संघले १ लाख ७० हजार रुपैयाँसम्मको कर्जाको लागि विस्तृत परियोजना प्रस्ताव माग गरेपछि मागका आधारमा कर्जा उपलब्ध गराएको संघका कार्यकारी निर्देशक गोपाल बस्नेतको भनाई छ । संघका सचिव कमलप्रसाद कोइरालाका अनुसार कर्जा मागका लागि निक्कै प्रस्ताव प्राप्त भएपनि यो पटक ६ वटा महिला आवद्घ संघ संस्थालाई कर्जा प्रदान गरिएको हो ।

देशका विभिन्न शहरमा महिला उद्यमीहरुले उद्यमशीलता विकासका लागि बैंक तथा वित्तिय संस्थाबाट दिने कर्जालाई सरल र सहज बनाउन माग गरिरहेका बखत संघले सहुलियत कर्जा लगानी गरेर प्रशंसनिय काम गरेको वक्ताहरुको भनाई थियो ।

बैंकहरुले सहुलियत कर्जा दिनभन्दा बरु जरिवाना तिर्न सहज मान्दा विपन्न तथा थोरै ऋण चाहने महिला उद्यमीहरु सेवाप्रवाहबाट वञ्चित भएका बखत संघले प्रदान गरेको यो कर्जाले निक्कै राहत मिलेको उनीहरुको भनाई थियो । स्थानीय सरकारले महिला र साना उद्यमीलाई प्रोत्साहन गर्न साना प्रविधिको विकास, उद्योग दर्तादेखि ऋण प्रवाहमा सरल प्रक्रिया अपनाउने बताईएको छ । कर्जामा बैंकहरुले विनाधितो परियोजना हेरेर पनि ऋण प्रवाह गर्न अनिवार्य रहेको व्यवसायीहरुको भनाई छ ।

संघका अध्यक्ष खेमराज प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य बजगाईँ, विशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख उप्रेती, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य एवम् संघका पूर्व अध्यक्ष नरेन्द्रकुमार खड्का, सञ्जिवनी महिला विकास संस्थाकी अध्यक्ष रेणुका डाँगी, संयुक्त युवा संघकी अध्यक्ष अग्निमया मेचेलगयातले बोल्नुभएको थियो । महासचिव दिनेश शाक्यले उद्घोषण र महिला उपाध्यक्ष निर्मला चौहान भण्डारीले स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.