मन्त्रिपरिषद् विस्तार, मन्त्रीको जिम्मेवारी हेरफेर

A notice in Nepali from Mechinagar Ward No. 10

८ भदौं, विराटनगर : कोशी प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ। मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार ४ जना मन्त्री थप्दै मन्त्रिपरिषद विस्तार गरेका हुन्।

मुख्यमन्त्री कार्कीले एमालेबाट दुई जनालाई मन्त्री र दुई जनालाई राज्यमन्त्री बनाएका छन्। चारै जनाले आजै पद तथा गोपनियताको शपत पनि लिइसकेका छन्।

बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बनेका छन् भने लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन्। यस्तै, त्यस्तै रामप्रसाद मेहता उद्योग, भूमिव्यवस्था तथा कृषि राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना राज्यमन्त्री बनेका छन्।

मन्त्रिपरिषद् विस्तारसँगै मुख्यमन्त्री कार्कीले मन्त्रीहरुको जिम्मेवारी पनि हेरफेर गरेका छन्। उनले यसअघि खानेपानी मन्त्री रहेका तिलकुमार मेन्याङ्बोलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन् । खानेपानी मन्त्रालय बुद्धिकुमार भण्डारीले पाएका छन्।

यसअघि नै मन्त्री रहेका पाँचकर्ण राई र एकराज कार्कीले पुरानै मन्त्रालय पाएका छन्। राईले पर्यटन, वन तथा वातावरण र कार्कीले भौतिमक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.