एमाले कोशीमा मतदान सकियो, दिउँसोबाट मतगणना हुने

A notice in Nepali from Mechinagar Ward No. 10

१५ असोज, विराटनगर : एमाले कोशीको नेतृत्व चयनका लागि मतदान सकिएको छ । दिउँसोबाट मतगणना कार्य सुरू गर्ने निर्वाचन समितिले जनाएको छ ।

एमाले कोशीमा मतदान सकियो, अपराह्नबाट मतगणना हुने

सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि आइतबार राति १०ः३० बजेबाट मतदान सुरू भएर सोमबार बिहान ६ः३० बजे सम्पन्न भएको निर्वाचन समितिले जनाएको हो । निर्वाचन समिति संयोजक चुडामणि आचार्यले कुल मतदाता ९९७ मध्ये ९७७ जनाले मतदान गरेको बताएका छन् । २० जना अनुपस्थित रहे ।

दुई सय १५ सदस्यीय प्रदेश कमिटीका लागि उपाध्यक्षमा धनकुटाका टिकाराम चेम्जोङसहित ७३ जना निर्विरोध निर्वाचित भएका थिए तर निर्वाचन समितिले अ‍ौपचारिक घोषणाा गर्न बाँकी छ । दुई सय १५ सदस्यीय प्रदेश कमिटीका लागि भएको निर्वाचनमा ७३ जना निर्विरोध भएपछि १४२ पदका लागि ३१८ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका निर्वाचन समितिले जनाएको छ ।

प्रदेश कमिटीको अध्यक्षमा लेटाङ नगरपालिकाका घनश्याम खतिवडा र विराटनगरका विनोद ढकालले उम्मेदवारी दर्ता गराएका छन् ।

उपाध्यक्षमा चेम्जोङ‌को मात्रै उम्मेदवारी दर्ता भएकोले उनी निर्विरोध निर्वाचित हुने भएका हुन् । सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामा, उपसचिवमा खोटाङका देउमान राई, उपसचिवमा झापाकी जलवर्षा राजवंशी र मोरङका खेम नेपाली प्रतिस्पर्धामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.