१७ असोज मेचीनगर : कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री एकराज कार्की नेकपा एमाले कोशी प्रदेश कमिटीको सदस्यमा निर्वाचित हुनुभएको छ । यसैगरी, झापा गौरादह नगरपालिका उपप्रमुख जलबर्षा राजवंशीले पदाधिकारी उपसचिवमा चुनाव जित्नु भएको छ ।
नेकपा (एमाले) कोशी प्रदेशको हालै सम्पन्न पहिलो अधिवेशनबाट प्रदेश कमिटीमा झापा जिल्लाबाट खुला भूगोल, महिला तथा दलित तर्फबाट जना उम्मेद्वार विजयी भएका छन् । प्रदेश राजधानी विराटनगरमा अधिवेशन सम्पन्न भएको हो ।

निर्वाचनको अन्तिम मत परिणाम अनुसार भूगोलतर्फ प्रदेश सदस्यहरुमा एकराज कार्की ५०६, वसन्त कुमार बानियाँ ३८७, गणेशप्रसाद पोखरेल ४८७, सोमनाथ पोर्तेल ४१४, घनश्याम अधिकारी ४३७, होमबहादुर थापा ४२३, गजेन्द्र ताम्ली ३५७ सन्तलाल मेचे ३४८, राजकुमार थापा ४०३, देवकुमार राई ४२०, बेनु शिवाकोटी ३२३ , अमरदाश शिवाकोटी ३६०, चन्द्रकुमार शेर्मा ३२१, लक्ष्मीकुमार राई ३६०, कुमार भुजेल ३८२, लोकबहादुर धिमाल ३३३ र अम्बिप्रसाद खनाल ३८२ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । निर्वाचित कार्की कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री हुनुहुन्छ ।

असोज १२ मा पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले समारोहस्थलमा राखिएको डिजिटल ब्यानरलाई रिमोट कन्ट्रोलको स्वीच थिचेर अधिवेशनको उद्घाटन गर्नुभएको थियो । त्यसपछिको निर्वाचनको अन्तिम मत परिणाम अनुसार बाट झापाका लागि ८ जना महिलामा सुमित्रा भण्डारी ३०४, मीरा भुर्तेल ३५८ , मञ्जु प्रसाई ४०३, पबित्रा महतरा प्रसाई ३८८, निर्मला पाठक ३२७, कमला थापा मगर ३९६, कमला खतिवडा आचार्य ३३७ र इन्दिरा बस्नेत ३६५ मतका साथ विजयी हुनुभएको छ ।

यसैगरी अधिवेशनबाट दलित खुला सदस्यतर्फ भोला परियार ४५६ र मोहन विश्वकर्मा २८९ मतका साथ विजयी हुनु भएको छ । प्रदेश कमिटीको पदाधिकारीहरुमा अध्यक्षमा घनश्याम खतिवडा, उपाध्यक्षमा टिकाराम चेम्जोङ निर्विरोध, सचिवमा राजकुमार भण्डारी उपसचिवमा जलवर्षा राजवंशी र देवान राई निर्वाचित हुनुभएको छ । प्रदेशका १३७ पालिका, २३ जनवर्गीय सङ्गठन, दलित, मजदुरलगायत क्षेत्रका प्रतिनिधि र पर्यवेक्षक सहभागी रहेको प्रदेश अधिवेशनबाट २१५ सदस्यीय प्रदेश कमिटी निर्वाचित भएको एमाले कोशी प्रदेश कमिटीले जनाएको छ । अल्पसंख्यकमा उमेश डालमियाँ तथा मजदुरतर्फ निरु परियार बिजयी बन्नु भएको छ ।

२८ वटा निर्वाचनक्षेत्रबाट ५ जनाका दरले १४० जना, ५ जना पदाधिकारी, समावेशी अल्पसंख्यक, सीमान्तकृत, दलित, अपाङ, मजदुर मुश्लिमक्षेत्रबाट ७० गरी २१५ जना निर्वाचित हुनुभएको निवर्तमान सचिव एवम् कोशी प्रदेश सभा सदस्य चिन्तन पाठकले जानकारी दिनुभयो । निर्वाचित पदाधिकारीसहित सदस्यहरुको सपथग्रहण कार्यक्रम बुधबार आज ११ बजे तय गरिएको उहाँले जानकारी दिनुभयो । अधिवेशनमा प्रदेशका १४ जिल्लाबाट १ हजार ४७ प्रतिनिधीसहित अन्यको सहभागिता रहेको थियो । अधिवेशनमा सहभागिता जनाउँन पार्टीका केन्द्रीय नेताहरुको समेत उपस्थिती रहेको थियो ।

अधिवेशनमा प्रदेशका १३७ स्थानीय तह, २३ वटा विभिन्न जनवर्गीय संगठन, दलित, मजदुर लगायतक्षेत्रका प्रतिनिधि र पर्यवेक्षक सहभागी रहेका छन् ।

























