मेचीनगरमा ४ अर्ब बढीको लागतमा दुईवटा तारे होटल निर्माण हुने

A notice in Nepali from Mechinagar Ward No. 10

६ असोज, काँकरभिट्टा : झापाको मेचीनगरमा ४ अर्ब २० करोड रुपैयाँभन्दा बढीको लागतमा दुईवटा तारे होटल निर्माण हुन लागेको हो। उद्योग विभागका अनुसार मेचीनगर नगरपालिका वडा नम्बर १० मा होटल ईष्टन र मेचीनगर कै वडा नम्बर १३ मा आयुष्मान होटल सञ्चालन गर्ने गरी उद्योगमा दर्ता भएको हो।

होटल ईष्टनमा १ अर्ब ६९ करोड ७ लाख ७१ हजार ९ सय ७५ रुपैयाँको लगानी प्रतिवद्धतासँगै उद्योग दर्ता भएको छ। ईष्टन होटलमा ९९ बेड तथा २५० सिट क्षमताको रेष्टुँरा बन्ने दर्ता विवरणमा उल्लेख छ। होटलमा सतप्रतिशत नै नेपाली लगानी रहेको छ भने १ सय ७० जनाले रोजगारी पाउने उल्लेख छ। होटलले ५ सय केभीए बिजुली खपत गर्ने दर्ता विवरणमा उल्लेख छ।

यसैगरी झापाको मेचीनगर मै २ अर्ब ५१ करोड रुपैयाँको लगानीमा आयुष्मान होटल बन्ने गरी उद्योग विभागमा दर्ता भएको छ। ९५ बेड क्षमताको होटलमा १ सय ९० जना क्षमताको रेष्टुरा समेत बन्ने छ। सत प्रतिशत नेपाली लगानी रहने होटलमा ३ सय जनाले रोजगारी पाउनुको साथै १ हजार केभीए बिजुली समेत खपत हुने दर्ता विवरणमा उल्लेख छ।

स्रोत : बिजनेस न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.