नेपाल–भारत सीमा स्तम्भको मर्मत सुरु, सीमा स्तम्भ जोखिममा परेको ठहर

A notice in Nepali from Mechinagar Ward No. 10

१८ मंसिर मेचीनगरः सशस्त्र प्रहरीले नेपाल–भारत सीमामा रहेका जीर्ण सीमा स्तम्भमर्मतको कार्य सुरु गरेको छ । सन् २०१८ मा सम्पन्न नेपाल–भारत सीमाकार्य समूहको पाँचौ बैठकमा सन् २०१४ पश्चात् मर्मत तथा निर्माण भएका सीमा स्तम्भहरुमध्ये जोर नम्बरको सीमास्तम्भ भारतीय सशस्त्र सीमा बल ‐एसएसपी) र बिजोर नम्बरको सीमा स्तम्भ सशस्त्र प्रहरी बलले मर्मत गर्ने निर्णय भएको थियो ।

सोहि अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को २०७७ साउन १९ गतेको निर्णयअनुसार सन् २०१४ पश्चात मर्मत तथा निर्माण भएका बिजोर सीमा स्तम्भ सशस्त्र प्रहरीले मर्मत गर्ने जिम्मेवारी पाएको थियो । त्यही अनुरुप सीमा स्तम्भहरुको मर्मत भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । सोहि क्रममा सीमा स्तम्भ जोखिममा पर्न नदिनका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी पकली सुनसरीद्वारा कोशी प्रदेशमा पहिलो पटक नेपाल भारत सीमा स्तम्भहरुको मर्मत सम्भार कार्य सोमबारबाट शुरु भएको छ ।

कोशी प्रदेशभर भारतसँगको चार सय ३० किलोमिटर लामो खुला सीमानामा कूल नौ सय ५७ वटा सीमा स्तम्भ रहेको र सीमा सुरक्षाका लागि एक हजार पाँच सय जनशक्ति परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी पकली सशस्त्र प्रहरी बल नेपाल बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेलले जानकारी दिनुभयो । झापाको मेचीनगर नगरपालिका ७ धनकुटेबस्ती स्थित नेपाल– भारत दशगजामा रहेको स्थायी सीमा स्तम्भ (पीपी) ५५ अन्तर्गतको ९१÷१ नम्बरको रेफरेन्स सीमा स्तम्भ (आरपी)बाट सोमबार एक कार्यक्रमकाबीच सीमा स्तम्भ मर्मत सम्भार रंगरोगन कार्यको सुरुवात गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्यालले जानकारी दिनुभयो ।

मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी पकली सशस्त्र प्रहरी बल नेपाल बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेल र नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बाँस्तोलाले सीमा स्तम्भमा संयुक्त रुपमा रङरोगन गरेर सीमा स्तम्भहरूको मर्मतको उद्घाटन गर्नुभएको थियो ।

झापा जिल्लामा मेचीनगरदेखि गौरीगञ्जसम्मको एक सय ४४ किलोमिटर लामो खुला सीमामा नेपाली पक्षले बिजोर अंक भएका तीन सय १७ वटा सीमा स्तम्भको मर्मत सम्भार गर्ने सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्यालले जाकनारी दिनुभयो । उहाँका अनुसार मर्मत सम्भार क्रममा भत्किएका र ढलेका स्तम्भहरूको पुनःस्थापना र सबै स्तम्भको रङगरोगन गरिनेछ । झापा– झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल–भारत सीमानामा रहेका तीन सय १७ वटा सीमा स्तम्भ मर्मत सशस्त्र प्रहरी बलको भद्रपुरस्थित–२ गणको प्राविधिक टोलीले गर्ने छ ।

झापासँग जोडिएको भारतीय सीमानामा कूल नौ सय ५७ वटा सीमा स्तम्भ रहेको र मर्मत सम्भार सुरु भएको सतिघट्टादेखि उत्तरतर्फ इलामसम्मको सीमा स्तम्भहरू भने हाल मर्मत सम्भार नगरिने सशस्त्र प्रहरीले जनाएको छ । त्यो क्षेत्रका कतिपय सीमा स्तम्भहरू मेची नदीको बाढीले हराएका वा पुरिएको अनुमान नेपाली सरकारी अधिकारीहरले गरेका छन् ।

नेपाल सरकारले विशेष कार्यविधि पारित गरेर सशस्त्र प्रहरी बललाई सीमा स्तम्भहरूको सुरक्षा र मर्मत सम्भारको जिम्मेवारी दिएको र सतिघट्टा हुँदै दक्षिणतर्फका सबै सीमा स्तम्भहरूको मर्मत सम्भार गर्न सोमबारदेखि प्राविधिक टोली परिचालन गरिएको गणपति सशस्त्र प्रहरी उपरीक्षक अर्यालको भनाई छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीसहित नेपाल तथा सशस्त्र प्रहरीका उच्च अधिकृतसहित भारत पश्चिम बंगालको पानीटंकीस्थित भारतीय सीमा सुरक्षा बलको ४१ नं. बटालियनका निमित्त कमान्डर नबिनकुमार रायको समेत उपस्थिति थियो ।

समयमै मर्मत सम्भार गर्न नसक्दा कोशी प्रदेश क्षेत्रका सीमा स्तम्भ जोखिममा परेको ठहर गरि सशस्त्र प्रहरीले मर्मत सम्भार र रंगरोगन शुरु गरेको सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी पकली सशस्त्र प्रहरी बल नेपाल बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेलले जानकारी दिनुभयो । ‘सीमा सुरक्षा बहुआयमिक विषय भएको र सीमा सुरक्षाको असली र वास्तविक पहरेदार सीमावासीहरु नै रहेको हुँदा उनीहरुको सहयोग लिएर सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन स्तम्भको मर्मत र रंगरोगन थालिएको हो,’ उहाँको भनाई छ । सीमा स्तम्भ मर्मतसम्भार कार्य अन्तर्गत सशस्त्र प्रहरी बलले झापाले जिल्लाभित्रका ३ सय १७ वटा, मोरङमा रहेका ३४ वटा र सुनसरीको अन्तर्राष्ट्रिय सीमामा रहेका १ सय ३३ वटा सीमा स्तम्भहरुको मर्मत सम्भार कार्य गरिने जनाइएको छ । यस अघि भारतको तर्फबाट भारतीय सीमा सुरक्षा बलले जोर नम्बरको ३४४ वटा सीमा स्तम्भहरुको मर्मत सम्भार गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.