लाल–भागिरथा बानियाँ प्रतिष्ठान सम्मान कार्यक्रम, ‘समाज बनाउँन उदाहरणिय काम गर्नेलाई प्रोत्साहन गर्नु हरेकको दायित्व हो ’ सभामुख घिमिरे

A notice in Nepali from Mechinagar Ward No. 10

२० मंसिर, मेचीनगर : लाल–भागिरथा बानियाँ प्रतिष्ठान मेचीनगर –११ बानियाँ गाउँ धाइजनले वरिष्ठ चिकित्सक सञ्जिवकुमार शर्मासहित तीन जनालाई नगदसहित सम्मान गरेको । प्रा डाक्टर शर्मा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष हुनुहुन्छ ।

उत्कृष्ट कृषक सम्मान मेचीनगर–५ सुरेन्द्रनगरका किसान बद्रीकुमार राउत, उत्कृष्ट गृहिणी सम्मान बिर्तामोड–४ की हिमा लुइँटेल पाठकलाई प्रदान गरिएको छ । सम्मान पत्रसहित नगद जनही ३१ हजार राशी प्रदान गर्दै दोसल्ला पहिर्याईएको थियो । प्रा डाक्टर शर्मालाई स्वास्थ्य क्षेत्रका उत्कृष्ट राष्ट्रिय प्रतिभाका रुपमा लाल –भागिरथा उत्कृष्ट प्रतिभा पुरस्कार, किसान राउतलाई कृषिक्षेत्रका उत्कृष्ट प्रतिभाका रुपमा लाल भागिरथा उत्कृष्ट कृषि पुरस्कार र पाठकलाई उत्कृष्ट गृहणि प्रतिभाको रुपमा उत्कृष्ट गृहिणी पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा लाल–भगिरथा झै ज्येष्ठ दम्पतिलाई नगद तथा दोसल्लासहित सम्मान गरिएको थियो ।

मेचीनगर–१४ दुहागढीका मुटु, मृगौला, मधुमेह र सर्पदंश उपचारका लागि विशेषज्ञ प्रा.डा. शर्मा विगत २६ वर्षदेखि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्छ । उहाँका १ सय ६७ वटा अनुसन्धान र सात वटा पुस्तक प्रकाशित छन् ।

बुधबार झापाको मेचीनगर –११ स्थित जालपा सामूदायिक भवनमा आयोजित प्रतिष्ठानको ५ औँ वार्षिक सभा तथा जालपा सामूदायिक भवनको विधिवत उद्घाटन कार्यक्रममा प्रमुख अतिथ प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, विशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती,प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँलगायतले सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरुलाई नगद, सम्मान पत्र, दोसल्ला र माला पहिर्याउनु भएको थियो । सामाजिक क्षेत्रका प्रेरक व्यक्तिहरुलाई कदर गर्न प्रतिष्ठानले विगत पाँचवर्षदेखि यस्तो सम्मान गर्दै आएको प्रतिष्ठानले जनाएको छ ।

सोहि अवसरमा प्रमुख अतिथि सभामुख घिमिरेले जालपा सामूदायिक भवनको विधिवत उद्घाटन गर्नुभयो । उद्घाटन मन्तव्य राख्र्दै प्रमुख अतिथि सभामुख घिमिरेले तीनवटा अलग अलग विधाका व्यक्तित्वलाई सम्मान गरेर प्रशंसनिय काम गरेको बताउँदैं आगामी दिनमा समेत यसको निरन्तरताको कामना गर्नुभयो । ‘यो कार्यक्रमले तीनजना प्रतिभालाई सवैका सामु चिनाएर बाहिर ल्याईदिएको छ, उहाँहरुलाई थप जिम्मेवार बनायो अनि नयाँ पीढिलाई यसो गर्नुपर्ने रहेछ भनेर शिक्षा समेत दियो ’ सभामुख घिमिरेले भन्नुभयो —‘दिवंगत लाल–भागिरथा बानियाँले कल्पना गरेको र देखेको सपना बानियाँ परिवारले पुरा गरेको छ ।’

प्रतिष्ठानले यो उदारहणिय काम गरेर झापाको मेचीनगर— ११ महत्वपूर्ण र ऐतिहासीक स्थानका रुपमा चिनाएको उहाँको भनाई थियो । अब हरेकले अग्र्यानिक खानेकुरातर्फ लाग्नुपर्ने भन्दैं बिषादी प्रयोग गरेका बाली उपभोग गर्दा रोग निम्तिने बताउनुभयो । सवैजना आ— आफनो क्षेत्रमा अब्बल रहेको बताउँदैं सभामुख घिमिरेले समाज बनाउँन उदाहरणिय काम गर्नेलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिदैं उहाले समाजबादले समाजमा योगदान र उदाहरणिय काम गर्ने प्रतिभाको खोजी गरी उत्कृष्ठलाई प्रोत्साहन र सम्मानले सम्बन्धित क्षेत्रमा नयाँ आयाम थपिने स्पष्ट पार्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा सभामुख घिमिरे, सम्मानित प्रतिभा प्राडा शर्मा र मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले बोल्दैं असल र राम्रो काम गर्ने प्रतिभाहरु खोजेर पुरस्कृत गरेको भन्दै प्रतिष्ठानको प्रशंसा गर्नु भएको थियो ।

प्रतिष्ठानकी सदस्य आशा बानियाँ उप्रेतीले स्वागत र सचिव डम्बर देउजाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीले नृत्य र झाँकी प्रस्तुत गरेका थिए । प्रतिष्ठानका अध्यक्ष बानियाँले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै २०७९÷०८० को आय –ब्यय प्रस्तुत गर्नुभयो ।

झापामा जन्मिएका प्रतिभाहरुलाई पुरस्कार प्रदान गर्न प्रतिष्ठानले १० लाख रुपैयाँको अक्षयकोष खडा गरेको छ । प्रतिष्ठानले भाषा, साहित्य, धर्म, संस्कृति, संस्कार, स्वास्थ्य, खेलकुद, कृषि, संगीत, पत्रकारिता लगायतका विभिन्न विधामा योगदान पुर्याउँदै आउनु भएको प्रतिभाको खोजी गरी सम्मान गर्ने लक्ष्य लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.