बस चोरी गरेर लैजादै गरेको अवस्थामा एक किशोर पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौ ।१७ वर्षका एक किशोर पोखराबाट बस चोरी गरी लैजाँदै गरेको अवस्थामा चितवनबाट पक्राउ परेका छन्।

तनहुँको म्याग्दे गाउँपालिका– ३ बस्ने ती किशोर पोखरा ९ पृथ्वीचोकमा पार्किङ गरी राखेको ग १ ख ९६३८ नम्बरको बस शुक्रबार राति चोरी गरी लैजाने क्रममा चितवनबाट पक्राउ परेकाे कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापाले जानकारी दिए।
बस चलाउँदै लगिरहेको अवस्थामा चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ आँपटारीमा प्रहरीले चेकजाँच गर्ने क्रममा उनलाई फेला पारेको थियो।

पक्राउ परेका किशोरलाई प्रहरीले आइतबार कास्की जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी चोरी तथा डाँकासम्बन्धी कसुरमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.