११ पौष, मेचीनगर : झापाको मेचीनगर नगरपालिकाले बुधबार नगरभित्रका सामुदायिक तथा निजी शैक्षिक संस्थाका शिक्षक, कर्मचारी, व्यवस्थापन समिति, विभिन्न संस्थागरी ९७ जनालाई सम्मान तथा पुरस्कृत गरेको छ ।
नगरपालिकाको शिक्षा यूवा तथा खेलकुद शाखाले आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण समारोह २०८० कार्यक्रममा नगरभित्रका सामुदायिक तथा नीजि विद्यालयमा कक्षा ८ को परीक्षामा सर्वाैत्कृष्ट अंक ल्याउने विद्यार्थी मध्ये ४२, अवकाश प्राप्त शिक्षक १९, अवकाश प्राप्त कर्मचारी, उत्कृष्ट शिक्षक, विद्यालय व्यवस्थापन समिति, बाल कलब, कोशी प्रदेशमा सम्पन्न प्रतियोगितात्मक नृत्यमा सर्वाेत्कृट हुने र स्काउटबाट एक/ एकजना, बाल शिक्षक ३, प्रधानध्यापक ५, प्याव्सन र एन प्याव्सन, कक्षा १० र कक्षा १२ बाट चार/चार गरी कुल ९७ जनालाई पुरस्कृत तथा सम्मान गरेको हो । नगर शिक्षा शाखाका अनुसार नगरभित्र १७ मावि, ११ निमाबि, १४ प्राथमिक, ४ वटा धार्मिक तथा ६० संस्थागत गरी कुल एकसय ६ वटा शैक्षिक संस्था रहेका छन् । उत्कृष्ट विद्यार्थीहरुलाई नगदसहित सम्मान पत्र प्रदान गरीएको थियो ।
शिक्षा यूवा तथा खेलकुद शाखाका अनुसार सम्मानित प्रधानध्यापकहरुमा धुलावारी माविका महेन्द्रविलास लुईटेल, सरस्वती बालकल्याण माविका शुक्रराज घिमिरे, बाल सुबोधिनी माविका विश्व थापा, नवज्योति आधारभूत विद्यालयका धनकला दाहाल ज्ञानदिप प्राविका अञ्जु पौडेल र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुमध्ये बलभद्र आधारभूत विद्यालयका रामबहादुर थापा हुनुहुन्छ । धुलावारी मावि राष्ट्रिय स्वयम् सेवक दल र इष्टहोराइजन मावि राष्ट्रिय स्वयम् सेवक दललाई सम्मन गरिएको थियो । नेपाल स्काउट मेचीनगर तदर्थ समिति संयोजक रीता थापा र रोटरी क्लब अफ मेचीनगलाई संघ संस्थाका रुपमा सम्मान गरियो । बाल क्लब र स्काउट ट्रुपमध्ये मेची जनसाधारण माविको जनसाधारण बाल कलब र शहीद दशरथ चन्द माविको शहीद दशरथ चन्द स्काउट ट्रुपलाई सम्मान गरियो ।
सम्मानित शिक्षकहरुमा आदर्श मावि, गीता ओझा, पूर्णबहादुर खड्का र देवराज गिरी,काँकरभिट्टा माविका रुमा ढमाल र मीरा भेट्वाल, कविशिरोमणि माविका मीरा काफ्ले र लोहितप्रसाद चापागाई, बाल विकास आधारभूत विद्यालयका गीतादेवी भट्टराई, भानु आविका सेवन्ता भण्डारी, शिशु साक्षर आविका दीपा लिमबु, धुलावारी माविका चक्रबहादुर बानियाँ, सोमनाथ शिवाकोटी, योगेन्द्र खनाल, शहीद दशरथ चन्द माविका केदार बुढाथोकी, ज्यामिरगढी माविका लीलाप्रसाद खतिवडा, बलभद्र जनता माविका गोपालप्रसाद चुडाल र डिपेन्द्र बानियाँ, जनता माविका यूवराज राउत र दिपेन्द्र पविका उमाकान्त दाहाल हुनुहुन्छ । भानु माविका उदादेवी दाहाल र काँकरभिट्टा माविका विष्णुलाल पाण्डेलाई उत्कृष्ट कर्मचारीकारुपमा सम्मान गरियो । उत्कृष्ट बाल शिक्षकका रुपमा बाल सुबोधिनी माविका छवीमाया श्रेष्ठ र कृष्ण आविका जीवनकुमारी गुरुङ र खीला पुरीलाई सम्मन गरियो । संस्थागत विद्यालयका कर्मचारी, शिक्षक तथा फाउण्डरहरुमध्ये योगराज मैनाली, अनिता थापा, दिपेन्द्र प्रधान, खेमराज थाम्सुहाङ्ग, खिलादेवी रेग्मी, कैलाश क्षेत्री टुनसरी धिमाल र चन्द्रप्रसाद भट्टराईलाई सम्मान गरियो ।
कक्षा ८ को नगर स्तरीय परीक्षामा सर्वाैत्कृष्ट अंक प्राप्त गर्ने सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुमध्ये मेघ मेहेता, श्रेया महत, सारकिा भुजेल, श्रेया शाहा, आहाना सुवेदी, निधी अग्रवाल, निकिताकुमारी पोद्घार, पायल सराफी, प्रेक्षा खनाल, प्रतिमा राजव.शी, किञ्जल दाहाल, कृष मेचे, पूजा कटुवाल, संस्कृति रिजाल, सुजाता राई, रोनिशा दाहाल, निर्जला कट्टेल, सोनिका भट्टराई, विज्ञान राउत, सूर्यमान विक, योगेश बजगाईँ, नितेश कार्की, कौशल प्रधान तथा कक्षा १० र १२ को अन्तिम परीक्षाका सम्मानित तथा पुरस्कृत हुने विद्यार्थीहरुमा कृतिका सुब्बा, दक्षिणा धमला, पवित्रा न्यौपाने, टिना र्काी, प्रवेश दाहाल, अनुस खरेल, प्रविण अधिकारी र पुष्कल घिमिरे हुनुहुन्छ ।
सामाजिक विकास समिति संयोजक एवम् कार्यपालिका सदस्य हृदय राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख मीना पोखरेल उप्रेती विशिष्ट अतिथि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, विभिन्न शिक्षक संघ संगठनका प्रदेश, जिल्ला, नगरका प्रमुख प्रतिनिधिहरु तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुले संयुक्तरुपमा सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरुलाई अविर टीका र मलासहित नगद र सम्मान पत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा बोल्दैं प्रमुख अतिथि उपप्रमुख उप्रेतीले स्थानीय सरकारले सिमीत श्रोत र साधनका बाबजुद पनि शिक्षालाई प्राथमिकतामा राखेर अघि बढेको बताउनुभयो । स्थानीय सरकारको प्राथमिकतामा शिक्षा, स्वास्थ्य, कृषिलगायत रहेको उहाँको भनाई छ ।




उहाँले नगरपालिकाको आम्दानीको आन्तरिक श्रोत भन्दा खर्च बढि रहेकोले अहिले पनि सोचे अनुसार शिक्षामा लगानी गर्न नसकेको स्पष्ट पार्नुभयो । २०७४ पछि मेचीनगरको वडानमबर १,७ र १४ मा रहेका तीनवटा विद्यालयलाई माविमा स्तोरन्नति गरीए पनि दरबन्दी अनुसार विषय विज्ञ शिक्षक नियुक्त गर्न नसकेको बताउनुभयो ।
अहिले नगरको शिक्षा शाखा निक्कै अप्पल भएको भन्दैं उहाँले संस्थागत विद्यालय नगरका गहना भएको र ती शैक्षिक संस्थालाई समेत स्थानीय सरकारले गर्ने साथ र सहयोग सधै प्रदान गर्ने बताउनुभयो । शिक्षा नियमावलीका बारेमा छलफल गरेर अब सवै पक्ष कार्यान्वयनतर्फ लाग्नुपर्ने भन्दैं उहाँले विद्यार्थीको संख्या हेरेर मर्ज गर्नुपर्ने अवस्था आए अब विद्यालय मर्ज गर्नुपर्ने र त्यसमा विभिन्न शिक्षक संघ संगठनको साथ र सहयोगको आवश्यकता औल्याउँनुभयो । उत्पादन एवम् उद्यमशिलता अभिवृद्घिमा टेवा पुगोस भनेर शिक्षालाई सीपसँग जोड्ने अभियान अब हरेक शैक्षिक संस्थाले शुरु गर्ने स्पष्ट पार्नुभयो ।
‘उद्यमशीलता, उत्पादन र रोजगारी बृद्घिको लागि शिक्षलाईसीपसँग जोड्नुपर्छर्ने ’ उपपमुख उप्रेतीले भन्नुभयो—‘ हामीले पढेका धेरै ज्ञानको जीवनमा उपयोग नै आयदैनन् । व्यवहारमा प्रयोग हुदैन् भने डिग्री गरे पनि त्यस्तो शिक्षाको महत्व के ? प्रश्न गर्नुभयो । त्यस्ता डिग्री कागजको खोस्टा समान हुन् व्यवहारीक ज्ञानलाई चिनौ । ’ व्यवहारिक शिक्षा आजको आवश्यकता भएको भन्दैं उहाँले पढौं पढाऔँ र निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ पुस्तकालयको महत्व र पठन संस्कृतिको विकास गर्न आग्रह गर्नुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेगमी, मेचीनगर वडानम्बर ६ का वडाध्यक्ष ललितकुमार तामाङ, नेपाल शिक्षक महासंघ झापाका अध्यक्ष केशव पौडेल, राष्ट्रिय नीजि तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याव्सनका मेचीनगर अध्यक्ष डम्बर रुचाललगायतले बोल्नुभएको थियो ।
नगर शिक्षा अधिकारी उपसचिव होमनाथ भण्डारीले शब्दमार्फत स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत पवित्रा ढकालले गर्नुभएको थियो । कार्यक्रममा काँकरभिट्टा माविका विद्यार्थीहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए भने, होलीवेल मावि, झापा नेश्नल माविलगायतका विद्यार्थीहरुले विभिन्न जातजातिको पहिचान झल्किने गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।











































