१० औँ विश्व स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपको पदक विजेता दीपा विष्ट सम्मानित

मोरङ। भारतको हैदराबादमा सम्पन्न १० औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा पदक विजेता दीपा विष्टलाई विराटनगरमा सम्मान गरिएको छ।

बुधबार मोरङ जिल्ला स्ट्रेन्थ लिफ्टिङ संघद्वारा आयोजित सम्मान कार्यक्रममा मोरङ सुन्दरहरैंचा नगरपालिकाकी विष्ट र सुनसरीका कविर भगत प्रधानाङ्गलाई सम्मान गरिएको हो।

सम्मान कार्यक्रममा मोरङ संघका अध्यक्ष नवजित राज प्रधानले भारतमा नेपाली खेलाडीले स्ट्रेन्थ लिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदक हासिल गरेर प्रदेशलाई नै गौरवान्वित गराएको बताए।

पुस २ देखि ५ गतेसम्म आयोजित च्याम्पियनसिपमा नेपालकी कीर्तिमानी खेलाडी विष्टले ८० किलो तौल समूहमाथिको स्पर्धामा स्वर्ण पदक हासिल गरेको उनले जानकारी दिए।

विष्टले समग्रतर्फ स्ट्रगेस्ट वुमनको उपाधिसमेत हालिस गरेको अध्यक्ष प्रधानले जानकारी दिए। त्यसैगरि , सोही च्याम्पियनसिपमा सहभागी सुनसरी स्ट्रेन्थ लिफ्टिङ संघका संस्थापक अध्यक्ष कविर भगतले कास्य पदक हासिल गरेका छन्।

सम्मान कार्यक्रमपछि स्वर्णपदक विजेता विष्टले भारतमा आयोजित प्रतियोगितामा पदक हासिल गर्दा उत्साह थपिएको बताइन्। राष्ट्रका लागि आफ्नै लगानी र परिश्रममा देशलाई चिनाउन पाउनु सम्मानको रुपमा लिएको बताएकी विष्टले सम्बन्धित निकायले समेत खेलकुद र खेलाडीलाई उत्साह थप हुने गरी सम्झिदिनुपर्नेमा जोड दिएकी थिइन्।

भारतमा सम्पन्न च्याम्पिनसिपमा नेपाल, भारत, अमेरिकासँगै विभिन्न १६ राष्ट्रका २ सय २० जना खेलाडीले सहभागिता जनाएका थिए।

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.