बाल बिवाह समस्या ज्यूँ का त्यूँ ; उजुरी नै कसैले गदैनन्

A notice in Nepali from Mechinagar Ward No. 10

३ माघ, विर्तामोड : झापाको विर्तामोडमा बुधबार आयोजित एक कार्यक्रमका सहभागी वक्ताहरुले विवाह गर्नु प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार भएपनि कम उमेरमा वाल विवाह गर्नु÷गराउनु जीवन र लक्ष्यको बर्वादी गर्नु भएको बताएका छन् । बालिकाहरू थाहा नपाइकन आमा बनिरहेको समाचार आइरहेका र यसले स्वयम् आमा र उ बाट जन्मेका बालबच्चाको स्वस्थ्यमा समेत गम्भीर असर पुगने उनीहरुको भनाई थियो ।

महिला जनचेतना केन्द्र मेचीनगर -६ काँकरभिट्टाले विर्तामोडमा आयोजना गरेको कोशी प्रदेश स्तरीय तीनदिने बाल बिवाह न्यूनीकरणतथा महिला सशक्तिकरण कार्यशालाको उद्घाटनका अवसरमा बोल्ने अधिकाँश वक्ताहरुले यस्तो बताएका हुन् । ‘शिक्षा र गरिवी नै बाल बिवाहको मुख्यः कारण हो ’ उद्घाटन सत्रका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य लक्की गणेशले भन्नुभयो—‘जवसम्म नागरिक शिक्षित हुदैनन् अनि गरिवीको को अन्त्य हुदैन तब सम्म यस्ता समस्याहरुले समाजमा जरो गाडीरहन्छन् ।’ यसका लागि जनचेतना कमि भएको र लक्षित समुदायका लागि चेतनामुलक कार्यक्रममा सवै वर्ग, जनसमुदाय, संघ संस्था लाग्नुपर्ने उहाँको भनाई छ ।

खासगरी, बाल बिवाह मधेशी तथा मुश्लिम समुदायमा बढी हुने गरेको उहाँको भनाई छ । स्थानीय सरकारका वडा जनप्रतिनिधिहरु प्रत्येक गाउँ गाउँमा पुगेर चेतना दिनुपर्ने उहाँको भनाई छ । नेपाली समाजमा बाल विवाह गर्ने प्रथा खस आर्यमा मात्र सीमित नभएर यो प्रथाले तराई र सुदूरपश्चिमका दलित समुदायलाई गहिरो प्रभाव पारेको कोशी प्रदेश सभा सदस्य गणेशको भनाई छ । जवसम्म महिलाहरु आत्मनिर्भर हुदैनन् तब सम्म कुनै न कुनै हिंसाको शिकार बनिरहने भएकाले अब महिला स्वयम् आत्मनिर्भर बन्नुपर्ने प्रदेश सभा सदस्य गणेशको भनाई थियो ।

‘विशेषतः तराईका मैथिली ब्राह्मण र दलित समुदायमा बाल विवाह गर्ने प्रथा अझै पनि दह्रो छ ’ कोशी प्रदेश सभा सदस्य गणेशले भन्नुभयो—‘शारीरिक र मानसिक रूपमा परिवर्तन हुने उमेरमा बालबालिकाहरू वैवाहिक बन्धनमा बांँधिन पुगेभने यसको असर किशोरीहरूमा प्रत्यक्ष रूपमा देखिएको छ । सानो उमेरमा विवाह गर्नाले यौन दुव्र्यहार, अशिक्षा, कमजोर स्वास्थ्य, जनसंख्या वृद्धि आदि समस्या हुन्छ । अन्धविश्वास र कुरीतिले गर्दा विवाहित किशोरीहरूले विद्यालयको शिक्षा पूरा गर्दैनन् ।’

उद्घाटन सत्रका विशिष्ट अतिथि विर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतरा प्रसाईले यस विषयमा धेरै कामहरु भएपनि परिणाम अपेक्षा अनुसार हात नपरेको स्पष्ट पार्नुभयो । बाल बिवाहका कारण समाजमा थुप्रै समस्याहरु पैदा भएको भन्दैं यसको चेतना सम्बन्धित समुदाय, वर्ग, जाघतिसम्म कसरी पुर्याउने हो त्यो महत्वपूर्ण कुरा हुने नगरप्रमुख महतराको भनाई थियो । समयमा नै हानिकारक परम्पराको अन्त्य नगर्ने हो भने भविष्यमा यसले निक्कै जटिलता निम्तियाउने उहाँको भनाई थियो । अहिले महिला सशक्तिकरणका कुरा गरे पनि नारामा मात्रै सिमीत रहेको र समाजमा महिला भन्दा पनि पुरुष विभिन्न हिंसाका शिकार भएको बताउनुभयो । यसको एउटै कारण वैदेशिक रोजगार रहेको उहाँले स्पष्ट पार्नुभयो । कालोपत्रे, सडक, टेलिफोन, खानेपानी र विद्युत विस्तारमात्र विकास नभएर मानिसमा चेतना फैलाउनु पनि बिकास भएको नगरप्रमुख महताराको भनाई थियो ।

विशिष्ट अतिथि मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले अहिले समाजमा जरा गाडेर बसेका हानिकारक परम्पराको अन्त्यका लागि स्थानीय सरकार लागि परेको विचार राख्नुभयो ।

कानुनी रूपमा केटा र केटीको उमेर नपुगीकन विवाह गर्न नहुने, गरेमा वा यसमा सहभागी हुने जो सुकैलाई पनि कानुनी कारवाही हुने उहाँको भनाई थियो । सञ्चार जगत्मा देखिएका विभिन्न प्रविधिको विधिले किशोरीहरूमा बलात्कार, अपहरण, यौनहिंसा र अश्लिल व्यवहार बढाएको साथै किशोरी आमा बन्ने क्रम पनि बढिरहेको उपप्रमुख उप्रेतीको भनाई छ ।

नेपाली समाजमा छोरीको शिक्षामा लगानी गर्न नखोज्नुको पछाडि धार्मिक तथा सामाजिक कारणहरू रहेका छन् । पुण्य कमाउने उद्देश्यले अन्धविश्वासीहरूले छोरीचेलीको विवाह छिटो गरिदिन्छन् । त्यसैगरी तराई समाजमा छोरीको लागि पर्याप्त दाइजो दिनुपर्ने ‘वाध्यता’ भएकोले पनि किशोरी उमेरमा नै विवाह गरिदिन पुग्छन् । छोरी जति नै पढे पनि दाइजो पर्याप्त मात्रामा दिनुपर्छ । दाइजो नदिएमा उक्त छोरीले हिंसा, शोषण, यातना भोग्नु परेकै छ । बाल विवाहले बालबालिकाहरूलाई आधारभूत अधिकारबाट बञ्चित मात्र गराउँदैन उनीहरू आफ्नो भविष्यको छनोट गर्ने अधिकार तथा सो सम्बन्धमा निर्णय लिने प्रकृयामा सहभागी हुने अवसरबाट पनि बञ्चित हुने उहाँको भनाई छ ।

जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले बाल विवाहको कारण बैवाहिक जीवन दिगो नहुने, परिपक्व नभई सन्तान जन्माउदा स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरु देखिने विचार राख्नुभयो । लैंगिक हिंसा,यौनजन्य हिंसा, बालश्रम, वेचविखन जस्ता थप हिंसाहरूले वालिका र महिलाहरू थप प्रताडित हुन पुग्दछन । कालान्तरमा समाज विकास प्रकृयामा महिलाहरूको भुमिका र सहभागितालाई न्यून बनाई सभ्य, सुंसस्कृत एवम् समतामूलक समाज निर्माण गर्न बाल विवाह बाधक तत्व बन्न पुग्ने प्रमुख जिल्ला अधिकारी वास्तोलाको भनाई थियो । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले झापामा बाल बिवाहका घटना प्रश्स्त रहेपनि तीनवर्षयता कसैले पनि उजुरी नगरेको उहााको भनाई थियो । ‘ऐनमा स्पष्टरुपमा बाल बिवाह गर्नु र गराउनु अपराध हो भनेको छ’ प्रहरी उपरीक्षक रेग्मीले भन्नुभयो—‘ घटना पनि भएका छन् , हामीलाई रोकीदिनु पर्यो भन्ने खवर पनि आउँछ तर, कसैले लिखित उजुरी गरेका छैनन् । ’

बाल विवाह उच्च रहेका मुलुकहरु मध्ये नेपाल अग्रपंक्तिमा रहेको छ । दक्षिण एसियामा नेपाल बङ्गलादेश र भारत पछि तेश्रो स्थानमा पर्दछ । बालकको तुलनामा संंख्यात्मक रूपमा बढी बालिकाको विवाह १८ वर्ष नपुग्दै हुने गरेको अध्ययनवाट देखिएको छ । यसो हुनुमा महिलाभन्दा पुरुषको उमेर सामान्यतया बढी हुनुपर्ने सामाजिक एवम् सांस्कृतिक मान्यता, लैंगिक विभेद, गरीबी, अशिक्षा, असुरक्षा जस्ता कारणहरु प्रमुख रूपमा देखिएका छन् । कानुनीरुपमा २० वर्ष उमेर नपुगी विवाह गर्न पाईदैनन् । यदि त्यसो गरेमा ३० वर्ष कैद र ३० हजार रुपैयाँ जरीवनाको व्यवस्था रहेको बताइएको छ ।

आयोजक संस्थाकी अध्यक्ष सीता गुरुङको अध्यक्ष्तातामा भएको उद्घाटन सत्रमा सहभागी सवैलाई भुवन सुब्बा खरेलले स्वागत, संस्थापक अध्यक्ष राधा प्रधानले कार्यक्रमको औचित्य माथि प्रकाश र सुष्मा राजवंशीले सञ्चालन गर्नुभएको थियो । कार्यशालामा कोशी प्रदेशका १४ जिल्लाबाट सहभागी रहेको बताइएको छ । कार्यशाला शुक्रबारसम्म चल्ने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.