काँकरभिट्टा बहुमुखी क्याम्पसको ज्ञापन पत्र नगरपालिकालाई, सिफारिस सच्याउँन माग : सातदिनभित्र सच्चयाउने नगरपालिकाको भनाई (भिडियो सहित)

A notice in Nepali from Mechinagar Ward No. 10

१४ माघ, मेचीनगर : शुक्रबार मेचीनगर नगरपालिकाले संघीय सरकारका शहरी विकाश मन्त्री सीता गुरुङसमक्ष पेश गरेको जग्गा हस्तान्तरण सम्बन्धी पत्रका केही बुँदा सच्च्याउन माग गदैं आईतबार काँकरभिट्टा बहुमुखी क्याम्पस मेचीनगरले ज्ञापन पत्र बुझाएको छ ।

क्याम्पस सञ्चालक समितिका कार्यवाहक अध्यक्ष भगिरथ भण्डारी, सञ्चालक समितिका पदाधिकारीहरु, क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेती, प्राध्यापक संघ इकाई सभापति विष्णु गौंतम, काँकरभिट्टा क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनका सभापति विशाल तामाङले संयुक्तरुपमा क्याम्पसकोतर्फबाट ज्ञापन पत्र बुझाउनु भएको थियो ।

आइतबार नगरपालिकाको सभाहलमा कार्यपालिकाको बैठक सञ्चालन भईरहेका बखत क्याम्पस सञ्चालक समितिका कार्यवाहक अध्यक्ष भगिरथ भण्डारीको नेतृत्वमा प्राध्यापक, विद्यार्थीसहितको टोलीले नगरप्रमुख गोपालचन्द्र बुढाथोकी उपप्रमुख मीना पोखरेल उप्रेतीलाई संयुक्तरुपमा ज्ञापन पत्र बुझाएको हो । क्याम्पसको नाममा दर्ता कायम गर्नुपर्ने, क्याम्पसको माग रहि आएकोमा नगरपालिकाबाट प्रेषित पत्रको बँुदा (झ) मा भानु साहित्यिक प्रतिष्ठान र पुस्तकालयको नाममा समेत उक्त जग्गा दर्ता गर्न मन्त्रालय समक्ष सिफारिस गरिएकोमा क्याम्पसले घोर आपत्ति जनाएको छ ।

‘काँकरभिट्टा मावि र काँकरभिट्टा क्याम्पसको आपसी सहमतिमा २०५५ सालदेखि क्याम्पसको भोगचलनमा रहेको काँकरभिट्टा खेल मैदानको दक्षिणतर्फ, सतिघट्टामार्गको पूर्वतर्फ, काँकरभिट्टा माविको पश्चिमतर्फ र काँकरभिट्टा खानेपानी आयोजनाको उत्तरतर्फ अवस्थित १९ कठ्ठा जग्गा क्याम्पसको नाममा दर्ता कायम गर्नुपर्ने, क्याम्पसको माग रहि आएकोमा नगरपालिकाबाट प्रेषित पत्रको बँुदा झ मा भानु साहित्यिक प्रतिष्ठान र पुस्तकालयको नाममा समेत उक्त जग्गा दर्ता गर्न मन्त्रालय समक्ष सिफारीस गरिएकोमा क्याम्पसको घोर आपत्ति रहेको छ । अतः आजकै नगर कार्यपालिकाको बैठकबाट उक्त निर्णय सच्याई माथि उल्लेखित क्षेत्रभित्रको जग्गा क्याम्पसको नाममा दर्ताका लागि सिफारिस गरिदिनुुहन हार्दिक अनुरोध गर्ने गरी आज सम्पन्न क्याम्पस सञ्चालक समितको बैठकले निर्णयले गरेको हुँदा यसै ज्ञापन पत्र मार्फत उक्त निर्णय अवगत गर्दछौ ।’ ज्ञापन पत्रमा भनिएको छ । उक्त निर्णय नसच्याए मर्यादाभित्र रहेर हदै सम्मको आन्दोलन गर्ने सम्मको चेतावनी क्याम्पस प्रमुखले दिनु भएको छ ।

क्याम्पस सञ्चालक समितिका कार्यवाहक अध्यक्ष भगिरथ भण्डारी र क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले हस्ताक्षर गर्नुभएको ज्ञापन पत्रको बोधार्थ मन्त्री सीता गुरुङ, शहरी विकास मन्त्रालय सिहंदरवार काठमाण्डौ, राष्ट्रिय आवास कम्पनी केन्द्रीय कार्यालय बुद्घनगर काठमाडौ, प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्मा, कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ, राष्ट्रिय आवास कम्पनी योजना कार्यालय काँकरभिटटालाई दिईएको छ ।
ज्ञापन पत्र बुझ्दै नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले यो सिफारीसका विषयमा संशोधन गर्न सकिने बताउनुभएको छ । एकसाताभित्र यस विषयमा क्याम्पसलाई यसको परिणामका बारेमा जानकारी गराउने नगरपालिकाले जनाएको छ ।

हेर्नुहोस् ज्ञापन पत्र :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.