२३ फागुन, मेचीनगर : मेचीनगर लेडी जेसीजले ८ मार्च वा ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बुधबार गरका चारजना महिलालाई उत्कृष्ट नारी सम्मान प्रदान गरेको । धुलावारीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य सविना बजगाई, विशिष्ट अतिथि मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले चारैजनालाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्नुभयो ।
उत्कृष्ट नारी सम्मान प्राप्त गर्नेहरुमा सावित्रा सापकोटा राई , गोमा बुढाथोकी, अनिता थापा र अमृता आङ्दम्बे हुनहुन्छ । उहाँहरु सवैले नगरको शिक्षाक्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उत्कृष्ट नारी सम्मान प्रदान गरिएको हो । सापकोटा इष्ट होराइजन माविका प्रशासन प्रमुख, बुढाथोकी एभरेष्ट अंग्रेजी माविका सहायक प्रधानध्यापक, थापा पशुपति अंग्रेजी माविका सञ्चालक र आङ्दम्बे होलीवेल माविका सञ्चालक हुनुहुन्छ ।
मेचीनगर लेडी जेसीजका अध्यक्ष पवित्रा विमली प्रसाईको अध्यक्षतामा भएको उत्कृष्ट नारी सम्मान कार्यक्रममा प्रदान गरिएको उहाँहरुको सम्मान पत्रमा लामो समयदेखि शैक्षिकक्षेत्रमा आवद्ध भएर समाजमा शिक्षाको प्रकाश फैलाउँदैं राष्ट्रका कर्णधार र दक्ष जनशक्ति उत्पादनमा खेलेको अतुलनिय योगदानको उच्च सम्मान गदैं यो सम्मान गरिएको जनाईएको छ । सम्मानित व्यक्तित्वहरुको जीवनीमाथि मेचीनगर लेडी जेसीजका सचिव सुष्मा राजवंशीले प्रकाश पार्नुभएको थियो । कार्यक्रमको औचित्यमाथि प्रकाश अध्यक्ष पवित्रा विमली प्रसाईले पार्नुभयो ।
यसवर्षको ८ मार्च वा ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस शुक्रबार ‘समान सहभागिता र सशक्तिकरणका लागि महिलामा लगानी’ भन्ने मुख्य नारासहित विविध कार्यक्रम गरी विश्वभर मनाईन्छ । कार्यक्रममा बोल्दैं प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य बजगाई, विशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले ८ मार्च वा ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा क्लारा जेटकिनलाई स्मरण नगर्ने हो भने दिवश सार्थक नहुने बताउनुभयो ।
उहाँले १९१० मा अन्तर्राष्ट्रिय महिला दिवसको सुरूवात गर्नुभएको थियो । मनाईरहेका छौ ।सन् १९०८ मा १५ हजार महिलाहरूले न्यूयोर्क शहरमा काम गर्ने घण्टा कम गर्न, तलब बढाउन र मतदानको अधिकारको माग गर्दै विरोध प्रदर्शन गरे । एक वर्ष पछि, अमेरिकन समाजवादी पार्टीले पहिलो पटक राष्ट्रिय महिला दिवस मनाउन थाल्यो । तर यस दिनलाई अन्तर्राष्ट्रिय बनाउने कुरा क्लारा जेटकिनले आफ्नो विचार १९१० मा कोपेनहेगनमा कार्यरत महिलाको अन्तर्राष्ट्रिय सम्मेलनमा दिनुभएको बताईएको छ । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरिएको थियो ।
सम्मेलनमा १७ देशका १०० महिला प्रतिनिधिहरू उपस्थित थिए सबैले क्लाराको सल्लाहलाई स्वागत गरे । यस पछि अन्तर्राष्ट्रिय महिला दिवस पहिलो पटक १९११ मा अष्ट्रिया, डेनमार्क, जर्मनी, स्विजरल्याण्डमा सिर्जना गरिएको थियो । यसको शताब्दी कार्यक्रम २०११ मा मनाइएको थियो त्यसैले विश्वले मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाउँने गरेको विशिष्ट अतिथि उपप्रमुख उप्रेतीले जानकारी गराउनुभयो ।
कार्यक्रममा नेकपा एमालेकी महिला नेतृ रेणुका डाँगी, आयोजक संस्थाकी संस्थापक सल्लाहकार लक्ष्मी राईलगायतले बोल्नुभएको थियो् भने आयोजक संस्थाकी महासचिव रेजिना श्रेष्ठले सञ्चालन गर्नुभएको थियो । मेचीनगर लेडी जेसिज सन् २०२४ की उपाध्यक्ष शर्मिला तिम्सिनाले आस्थावाचन गर्नुभएको कार्यक्रममा सहभागी सवैलाई कार्यकारिणी उपाध्यक्ष सकुन्तला ढकाल खतिवडाले स्वागत गर्नुभएको थियो ।

























