सामुदायिक कुकुरको सामुहिक आक्रमणले पशु चौपायामा क्षति : तीनदिनमा २ सय ६३ वटा कुकुरको स्थायी बन्ध्याकरण

A notice in Nepali from Mechinagar Ward No. 10

३० फागुन, मेचीनगर : झापाको मेचीनगरमा स्थानीयवासीका बाख्रामाथि सामुदायिक कुकुरले सामुहिक आक्रमण गदैं बाख्रा मार्ने र घाईते बनाउँने थालेपछि स्थानीयवासी आर्थिक क्षति वेहोर्न मात्र होइन दैनिकजसो कुकुर आतंक र हैरान खेप्न समेत बाँध्य छन् । नगरपालिकाको विभिन्न वडाको ग्रामीणक्षेत्रमा सामुदायिक कुकुरको आतंक बढेको छ । कुकुरले चौपाया र स साना बालबालिकाहलाई निशाना बनाउँने गरेको मेचीनगर— ६ का हरेराम थापाले बताउँनुभयो ।

स्थानीय दिनेश उप्रेतीले पालेका बाख्रामाथि पाँच सातवटाको संख्यामा आएका कुकुरको समुहले घेरा हालेर आक्रमण मात्र गरेनन, दुईवटा बाख्रालाई लछारपछार पछार गरेर टुक्राटुक्रा पारेर खाएका छन भने स साना पठापाठीलाई समेत टोकेर घाईते बनाएका छन । उहाँकै एकसाताअघि उहाँकै एउटा बाख्रालाई पनि यसैगरी कुकुरलेआक्रमण गरी मारेको थियो । ‘ १५ दिनकोबीचमा कुकुरले तीनवटा माउँ बाख्रा मारे’ उहाँले दुखेसो पोख्दैं भन्नुभयो —‘ करीब १५ देखि २० हजार रुपैयाँ क्षति भएको छ । ’

आफ्नै घर छेउछाउँ बाँधि रहेका बाख्रामाथि कोहि पनि नभएको मौका पारि सामुदायिक कुकुरले घेरा हालेर आक्रमण गर्ने गरेको मेचीनगर —१४ का रामलक्ष्मण कार्कीको भनाइ छ । कुनै कुनै कुकुर त बाख्राको खोरमै पसेर आक्रमण गरौं जसो गर्छन् । सोहि वडाका रामकुमार बुढाथोकीको २ वटा खसी र एउटा माउँ बाख्रा समेत कुकुरले मारेको थियो । बाख्रा पालन गरेर जिविको पार्जन गरिरहेका कृषकहरुलाई त सामुदायिक कुकुरले झन समस्यामा पारेका छन् । मेचीनगरका विभिन्न वडाका ग्रामीणक्षेत्रमा बिगतका महिनादेखि शृंखलाबद्ध रुपमा कुकुरको आक्रमण जारी रहेको मेचीनगर ६ की भगवती कार्कीको भनाई छ । शृंखलाबद्ध रुपमा कुकुरले सामुहिक रुपमा पशुचौपाया माथि आक्रमण गर्न थालेपछि पशु कुकुरबाट कसरी जोगाउने र मान्छे समेत कसरी जोगिने भन्ने चिन्ता अहिले मेचीनगरवासीलाई छ । कुकुरको आक्रमणका कारण पशुपालनमा समेत समस्या भएको मेचीनगरकी इन्दिरा कार्कीले बताउँनुभयो ।

यसअघि पनि मेचीनगर — ६ की एक महिलाका बाख्रालाई सामुदायिक कुकुरको समुहले आक्रमण गरेको थियो । कुकुर आक्रमणका कारण ३ वटा माउँ बाख्रा मरेपछि उनले स्थानीय सरकार मेचीनगर नगरपालिकामा थोरै भएपनि आर्थिक सहायताका लागि निवेदन गरेको बताइन् । ‘ कुकुरकै कारण करीब २० देखि २५ हजार मुल्यका बाख्रा मरे’ उनले भनिन् —‘ स्थानीय सरकारसँग हारगुहार गरेको छु हेरौ थोरै भएपनि राहत मिल्ने आश्वसन पाएको छु खुशी लागेको छ । ’

सामुदायिक कुकुरका कारण चौपायामा क्षति मात्र होइन् सवारी साधन चलाउँदा दुर्घटना समेत बढेको मेचीनगर— ४ का प्रविन वराल बताउँनुहुन्छ । सामुदायिक कुकुर नियन्त्रणमा मेचीनगर नगरपालिकाले अभियान सञ्चालन गरेपनि कुकुर नियन्त्रण भन्दा नियन्त्रण बाहिर गएको यी माथिका घटनाले देखाएको मेचीनगर ७ का इन्दिलाल चौधरीको भनाई छ । नगरपालिका क्षेत्रमा सामुदायिक कुकुर नियन्त्रण नहुँदा किसानले निकै सास्ती खेप्नुपरेको चौधरीको भनाई छ । नगरपालिकाले भुस्याहा कुकुर नियन्त्रण गरिदिनुपर्ने उहाँको भनाइ छ ।

छाडा अवस्थामा रहने कुकुरले बालबालिका तथा साना सवारी चालकलाई हैरान पारेपछि यस्ता कुकुर नियन्त्रण गर्न दबाब सुरु गर्नुपर्ने स्थानीयवासीको भनाई छ । सामुदायिक कुकुरको कारण आतंकित भएको भन्दै स्थानीयवासीले सम्बन्धित वडाका जनप्रतिनिधिहरुसँग यस्ता कुकुर नियन्त्रण गर्न माग गरेका छन् । मोटरसाइकल, स्कुटर वा साइकलमा यात्रा गर्नेलाई पनि कुकुरले झम्टिएकाले दिनहुँ सानो ठूलो दुर्घटना भइरहेको छ । केहीदिनअघिमात्र कुकुरकै कारण मेचीनगर—१२ सहरेडागीका तीर्थ घिमिरे पुर्व पश्चिम लोकमार्गको विर्तामोडस्थित बुट्टावारीमा दुघर्टनामा परी गम्भीर घाइते हुनुभयो । मेचीनगर—४ को बाहुनडाँगीबाट काँकरभिट्टातर्फ आउँदै गर्दा एकजना सञ्चारकर्मी कुकुरकै कारण दुघर्टना परेका थिए ।

मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकी अहिले विभिन्न वडाको सिफारीस लिएर कुकुरले चौपायामा पुर्याएको क्षतिका लागि धेरथोर राहतका लागि स्थानीयवासी नगरपालिका आउने गरेको बताउँनुहुन्छ । दैनिकजसो २ देखि ५ वटासम्म यस्ता राहतका लागि मान्छे आउने गरेका छन् । नगरपालिकाले उनीहरुको गुनासो र पीडालाई सम्बोधन गदैं क्षतिपूर्ति नभएर धेरथोर राहत रकम उपलब्ध गराउने गरेको छ ।

यस्ता कुकुर नियन्त्रणका लागि पालिकाले केहीदिन अघिमात्र सामुदायिक कुकुरको बन्ध्याकरण अभियान चलाएको नगरप्रमुख बुढाथोकीको भनाई छ । सामुदायिक कुकुरका कारण समस्या बढेपछि शिविर नै राखेर बन्ध्याकरण गरिएको नगर उपप्रमुख मीना पोखरेल उप्रेतीको भनाई छ । नगरपालिकाले यसअघि यही अभियान चलाएको थियो । भरखरमात्र मेचीनगर नगरपालिकाले धुलावारी माध्यमिक विद्यालय मेचीनगर —१० को प्राविधिक सहयोगमा तीनदिने शिविर सञ्चालन गरी सामुदायिक र घरपालुवा गरी कुल २ सय ६३ वटा कुकुरको स्थायी बन्ध्याकरण गरीएको विद्यालयका सहायक प्राधानध्यापक तेजप्रसाद चौलागाईँले जानकारी दिनुभयो । झापाका सवै पालिकाले यसलाई साझा समस्या बनाएर समाधानमा अघि बढ्नुपर्ने सहायक प्रधानध्यापक चौलागाईँको भनाई छ ।

खासगरी, सामुदायिक कुकुरको संख्यामा कमी ल्याउन र रेबिजको प्रकोप न्यूनीकरण गर्न सामुदायिक कुकुरको बन्ध्याकरणका लागि शिविर सञ्चालन गरिएको धुलावारी मावि पशु संकाय विभाग प्रमुख डाक्टर सीताराम यादवले बताउनुभयो । शिविरमा खटिएको विज्ञसहितको टोलीले नगरको धुलावारी, इटाभट्टा र काँकरभिट्टा, चारआली धाइजनलगायतका टोल–टोलमा पुगेर कुकुरलाई नियन्त्रणमा लिई शिविर स्थलमा ल्याइ बन्ध्याकरण लगायत उपचार गरेपश्चात जुन ठाउाँबट नियन्त्रण लिइए थियो त्यसको भोलीपल्ट सोहि स्थानमै पुरयाएर छाड्ने गरेको डाक्टर भनाइ छ । डाक्टर सुभास चौधरी, पशु कार्यालय झापाका डाक्टर राघवेन्द्र तिवारी, डाक्टर रोशन दाहाल, डाक्टर महेन्द्रप्रसाद मण्डल, डाक्टर आशिष लिम्बु, डाक्टर सन्तोष रायलगायत अन्य प्राविधिकहरुको टोलीले शिविरमा प्राविधिक सहयोग प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.