६४९१ निको हुँदा थपिए ४७६२ कोरोना संक्रमित, ११४ को मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

१७ जेठ, काठमाडौं । २४ घण्टामा देशभर ४ हजार ७६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, २४ घण्टामा ६ हजार ४९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ६ हजार ४७० पुगेको छ । देशभर होम आइसोलेसनमा ७ हजार ३३८, संस्थागत आइसोलेसनमा १४९२, आइसियूमा ४२४, भेन्टिलेटरमा २५८४ जना रहेका छन् । क्वारेन्टाइनमा ६८९ जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ११४ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ३८६ पुगेको छ । पछिल्लो २४ घण्टामा १५ हजार ५५ जनाको पिसिआर परीक्षण गरिएको हो। सो परीक्षणका क्रममा ४१७८ जनामा पोजेटिभ देखिएको हो। त्यस्तै २४२५ जनाको एन्टिजेन परीक्षण गर्दा ५८४ जनामा पोजेटिभ देखिएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.