झापामा भएको सवारी दुर्घटनामा एकसयबढिको मृत्यु : ४२ हजार ७ सय सवारी साधन कारबाहीमा

A notice in Nepali from Mechinagar Ward No. 10

३ असार, मेचीनगर : झापामा भएको सवारी दुर्घटनामा एक सय सात जनाको ज्यान गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार चालु आर्थिक वर्ष २०७८÷२०७९ को ११ महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर सबैभन्दा बढी ८८ पुरुष, १४ महिला र पाँच जना बालबालिका सहित एकसय सातजनाको ज्यान गएको हो ।

दुर्घटनाबाट ६ सय ४३ जना सामान्य र २ सय २९ जना सख्त घाइते भएको कार्यालय प्रमुख ट्राफिक प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिनुभयो । ११ महिनाको अवधिमा जिल्लामा ५ सय ५६ वटा दुर्घटना भएका थिए । ती दुर्घटनामा ८ सय २६ वटा सवारी साधन संलग्न रहेको ट्राफिक प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले जानकारी दिनुभयो ।

सबैभन्दा बढी ५ सय पाँचवटा मोटरसाइकल दुर्घटनामा परेका हुन् । कार्यालयले चालु आर्थिक वर्षको यो अवधिमा ३ करोड ३ लाख पाँच हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरेको छ । सवारी नियम उल्लंघन गर्ने साधन कारवाही गर्दा उक्त राजस्व संकलन भएको हो । ४२ हजार ७ सय सवारी साधन कारबाहीबाट उक्त रकम संकलन भएको ट्राफिक प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले जानकारी दिनुभयो ।

सबैभन्दा बढी राजश्व मोटरसाइकल कारबाहीबाट संकलन भएको छ । यो अवधिमा मोटरसाइकल कारबाहीबाट १ करोड १२ लाख ५१ हजार रुपैँया राजश्व संकलन भएको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.