भद्रपुरमा तीनदिने निःशुल्क शल्यक्रियासहितको आँखा शिविर सुरु

A notice in Nepali from Mechinagar Ward No. 10

२४ भदौं, भद्रपुर : झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाको वडा नं ५ स्थित मेची आँखा उपचार केन्द्र परिसरमा तीनदिने निःशुल्क शल्यक्रियासहितको आँखा शिविर सुरु भएको छ ।
केन्द्रमा नवनिर्मित अन्तरंग सेवा प्रारम्भको अवसर पारेर रोटरी क्लव अफ भद्रपुर, रोट्रयाक्ट क्लव अफ भद्रपुर र इनरह्वील क्लव अफ भद्रपुरको संयुक्त व्यवस्थापनमा आइतबारदेखि शिविर सुरु भएको हो ।
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले अन्तरङग विभाग भवन उद्घाटनसँगै आँखा शिविरको पनि उद्घाटन गरेका छन् ।
आँखाका विरामीहरुको संख्या बढ्दै गइरहे पनि आर्थिक अभावका कारण उपचार गराउन नसकेका बिरामीहरुलाई लक्षित गर्दै निःशुल्क शिविर आयोजना गरिएको शिविरका संयोजक एवम् रोटरी क्लव अफ भद्रपुरका पूर्व अध्यक्ष आदित्य पराजुलीले जानकारी दिए ।
शिविरको पहिलो दिन नै सेवाग्रहीको उल्लेख्य भीड लागेको छ । आँखा उपचारका लागि भद्रपुर मात्र नभई झापाका अन्य स्थानीय तह र छिमेकी भारतको सीमावर्ती क्षेत्रबाटसमेत बिरामी आएको रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष विनोद चापागाईंले बताए ।
शिविरमा मेची आँखा अस्पतालका विशेषज्ञहरुले सेवा दिइरहेको र शल्यक्रिया गर्नुपर्ने बिरामीलाई केन्द्रमै राखेर शल्यक्रिया गरिने बताइएको छ ।
तीन दिनमा करिब एकहजारजनाको आँखा परीक्षण र करिब तीन सय जनाको शल्यक्रिया गरिने अनुमान गरिएको शिविर मंगलबारसम्म सञ्चालन हुने एनरह्वील क्लव भद्रपुरकी अध्यक्ष निर्मला निरौला खड्काले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.