भद्रपुरको आँखा उपचार केन्द्रमा सेवा विस्तार, अन्तरङ्ग विभाग सञ्चालनमा

A notice in Nepali from Mechinagar Ward No. 10

२४ भदौं, भद्रपुर : झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाको वडा नं ५ मा दानवीर दाता सत्यनारायण सरियाले दान दिएको जग्गामा भवन निर्माण गरी २०७५ सालमा सञ्चालनमा आएको मेची आँखा उपचार केन्द्रको सेवा विस्तार हुँदै गएको छ ।
उपचार सेवा लिन आउने सेवाग्रहीको संख्या दैनन्दिन बढ्न थालेपछि मेची आँखा अस्पतालले आफ्नो मातहतमा रहेको मेची आँखा उपचार केन्द्रको पनि सेवा विस्तार गरेको हो ।
यसैक्रममा अस्पतालले मेची आँखा उपचार केन्द्र परिसरमा भवन निर्माण गरी आइतबारदेखि अन्तरङ्ग विभाग सञ्चालनमा ल्याएको छ ।
शल्यक्रिया गर्नुपर्ने विरामीको संख्या बढ्दै गएको र शल्यक्रियापश्चात विरामीलाई अन्यत्र राख्नुपर्ने बाध्यताको समाधानका लागि करिब एक करोड रुपैयाँ लागतमा भवन निर्माण गरी १५ शंय्याको अन्तरङ्ग विभाग सञ्चालनमा ल्याइएको भवन निर्माण समितिका संयोजक एवम् मेची आँखा अस्पताल संघका पूर्व अध्यक्ष छत्रप्रसाद अधिकारीले जानकारी दिनु भयो ।
आइतबार केन्द्र पसिरमा आयोजित एक समारोहका बीच भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले सो अन्तरङ्ग विभागको उद्घाटन गर्नु भयो । मेची आँखा अस्पताल संघका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षतामा आयोजित समारोहका प्रमुख अतिथि नगरप्रमुख पोखरेलले मेची आँखा उपचार केन्द्र दक्षिणी झापा मात्र नभई सीमावर्ती भारतयि नागरिकका लागि समेत आँखा उपचारका लागि भरपर्दो स्वास्थ्य संस्था बन्दै गएको र यो भद्रपुरको गहनाको रुपमा विकसित हुँदै गएको बताउँदै यसको विकास र विस्तारका लागि नगरपालिकाले सकेको सहायेग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयोे । उनले यसै आर्थिक वर्षमा सो उपचार केन्द्रका लागि नगरपालिकाले पाँच लाख रुपैयाँ वजेट छुट्याएको पनि जानकारी दिनु भयो ।
संघका सचिव गणेश पोखरेलले सञ्चालन गरेको समारोहमा वक्ताहरुले विस्तारै मेची आँखा उपचार केन्द्रले गति लिन थालेको उल्लेख गर्दै आँखाजस्तो संवेदनशील अंगको सर्वसुलभ उपचार सेवा प्रदान गर्न सरकारको मात्र मुख नताकी सबैले सक्दो सहयोग गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
भवन निर्माण समितिका संयोजक अधिकारीले स्वागत गरेको समारोहमा रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष विनोद चापागाईं, दानवीर दाता सत्यनारायण सरिया, ओम साई पाथिभरा हस्पिटलका अध्यक्ष दीपक पोखरेललगायतले शुभकामना मन्तव्य रख्नुभएको थियो ।
संघका अध्यक्ष गुरुङले मनकारी दाताहरुकै सहयोगबाट झापाको विर्तामोड र भद्रपुरमा आँखा उपचारको गुणस्तरीय सेवा प्रदान गर्न सकिएको उल्लेख गर्नुभयोे । मेची आँखा अस्पतालका मेडिकल डाइरेक्टर पुरुषोत्तम जोशीले पछिल्लो समय प्रविधिको विकाससँगै विश्वभर आँखाको समस्या बढ्दै गइरहेको जानकारी गराउँदै सबै उमेर समूहका मानिसले समय–समयमा आँखा जाँच गराइरहनु पर्ने सुझाव दिनु भयो ।
भद्रपुरमा सञ्चालनमा आएको अन्तरंग विभागका लागि आवश्यक भौतिक सामग्रीहरु सरिया परिवारले नै सहयोग गरेको भवन निर्माण समितिका संयोजक अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सुरुताका दुई–चारजना सेवा लिन आउने गरेकोमा हाल दैनिक सयको हाराहारीमा विरामी आउने गरेको र प्रत्येक बुधबार १० जनासम्मको शल्यक्रिया हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.