सन्दकपूरको धुवाखोला पुल पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वाबाट उद्घाटन

A notice in Nepali from Mechinagar Ward No. 10

२५ भाद्र, सन्दकपूर : इलामको सन्दकपूर गाउँपालिका ४ र ५ नम्बर वडा जोड्ने धुवा खोला पुल निर्माण सम्पन्न भएको छ । २ वर्षमा निर्माण सम्पन्न भएको पुलको प्रदेश १ सरकारकी पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बुले उद्घाटन गरिन् । धुवा खोला पुल निर्माणको काम कोरोना माहामारीकै समयमा सम्पन्न भएपछि सन्दकपूरबासी समेत खुसी भएका छन् ।


२५ मिटर लामो पुलको गाडी गुड्ने क्षेत्र ६ मिटर रहेको पूर्वाधार विकास कार्यालय झापाका निमित्त प्रमुख लक्ष्मी सापकोटाले बताए । ओपन फाउण्डेसनको पुलको फुटपात सहित ८ दशमलव ४ मिटर लामो रहेको छ । पुलको शुरुको लागत ४ करोड १३ लाख भएपनि निर्माण कम्पनीसँग ३ करोड ४० लाखमा भएको थियो । पुलको २०७७ साल जेठ २१ गते ठेक्का संझौता भएको पुलको निर्माण सम्पन्न गर्नुपर्ने म्याद अगाडि नै सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जानकारी दिएको छ ।


पुल निर्माण सम्पन्न म्याद २०७९ असार २० गते रहेपनि त्यस अगाडि नै पुल निर्माण हस्तान्तरण भएको हो । पुल उद्घाटन गर्दै प्रदेश १ सरकारकी पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बुले प्रदेश सरकारले बहुवर्षे ठेक्का संझौता गरेका पूर्वाधारका आयोजनामा भुक्तानीको समस्या नदिइ निर्माणको काम कोरोना माहामारीका बेला समेत निरन्तर काम गरेको बताइन् । जनताका मागमा आधारित आयोजनाहरु चाँडो सम्पन्न गरि विकासको गति तिब्र बनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको मन्त्री लङ्वाले बताइन् ।


कान्छो सरकार प्रदेश सरकार भएपनि प्रदेश सरकारलाई आवश्यक पूर्वाधार निर्माणसँगै जनताका मागमा आधारित सयौँ योजनाहरु हरेक वर्ष कार्यान्वयन गर्दै आएकाले इलाममा पनि सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन क्षेत्रमा धेरै लगानी गरेको उनले बताइन् । इलामको विकासमा प्रदेश सरकारको थुप्रै बहुवर्षे आयोजनाहरु कार्यान्वयन हुँदै आएकाले जनताले यो आर्थिक वर्षको अन्त्यसम्ममा ती आयोजनारु सम्पन्न भएपछि प्रदेश सरकारको महत्व जनताले बुझ्ने मन्त्री खिनु लङ्वा लिम्बुले बताइन् ।


पुल उद्घाटन कार्यक्रममा बोल्दै सन्दकपूर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले जनताका मागका आयोजनाहरुमा प्रदेश सरकारले लगानी गर्दा सन्दकपूरमा तिब्र विकास हुँदै आएको बताए । स्थानीय सरकारले आवश्यकता महसुस गरी प्रदेश र संघीय सरकारमा सिफारिस गरिएका आयोजनाहरुमध्ये प्रदेश सरकारबाट कार्यान्वयन हुँदै आएका पूर्वाधारका आयोजनाहरुको प्रगति राम्रो भएकाले जनता पनि खुशि भएको बताए । सन्दकपूर गाउँपालिका भित्र पर्यटन, सडक, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रदेश १ सरकारको लगानी धेरै रहेको आगामि दिनमा गाउँपालिकाले अपेक्षा बढी गरेको अध्यक्ष गुरुङ्गले बताए । उनले गाउँपालिकाको नेतृत्व र जनप्रतिनिधिहरु कुनैपनि आग्रह र पूर्वाग्रहमा नलागी सन्दकपूरबासीको सेवामा खट्ने बताए ।


कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेलीले प्रदेश सरकारबाट भएको पुल निर्माणको काम गुणस्तरीय र चाँडो सम्पन्न भएको बताए । पुल निर्माण भएपछि समग्र सन्दकपूरबासीलाई ठुलो सहयोग पुग्ने र सन्दकपूरका डाँडाहरुमा भ्रमणका लागि आउने पर्यटकहरुको यात्रामा सहज भएको बताए । जमुना जौबारी, कैयाकट्टा हागेथाम, ढापपोखरी भ्रमणमा आउने पर्यटकका लागि यो पुल अति नै उपयोगी रहेको उपाध्यक्ष लुङ्गेलीले बताए ।


कार्यक्रममा बोल्दै सन्दकपूर ४ का वडाध्यक्ष ढाल बहादूर गुरुङ्गले पुल निर्माणपछि जमुना र माबुबासीको दुःखका दिन हटेको बताए । माबुबाट जमुना जान धुवाखोला तगारो भएपनि पुल निर्माणपछि बालबालिकादेखि बुढाबढीसम्मले सहजै पैदल यात्रा गर्न सक्छन् र सवारीसाधन पनि सहजै आवतजवात हुन्छ, गुरुङ्गले भने । पुल बनेपछि सन्दकपूर ५ का बासिन्दाको इलाम सदरमुकाम यात्रा सहज भएको वडाध्यक्ष यज्ञ गुरुङ्गले बताए । पुल बनेपछि सबैभन्दा बढी सुविधा हाम्रो वडाबासीले लिनेछन्–उनले भने–‘हामी जमुनाबासीले अब इलाम सदरमुकामसम्मको यात्रा गर्दा धुवाखोलाको भेलसँग लड्नुपर्दैन ।’ उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुले सदरमुकाम जाँदा धेरै दुःख पाएका थिए अब हामीलाई पुलबाट यात्रा गर्दा कुनै जोखिम छैन,–गुरुङ्गले भने–‘हामी सबै अब सडक स्तरउन्नतीमा लाग्नुपर्छ ।

कार्यक्रममा नेपाली काग्रेसका नेता प्रदिप भट्टराई, नेकपा एमालेका डिक बहादूर गुरुङ्ग,नेकपा माओवादी केन्द्रका नन्दकुमार थापा, नेकपा एकिकृत समाजवादीका केन्द्रिय राष्ट्रिय परिषद् सदस्य हरि पराजुलीले सन्दकपूरको विकासमा धुवाखोला पुल निर्माण सम्पन्नले जनतालाई उत्साहित बनाएको बताएका थिए ।


कार्यक्रममा पुल निर्माण कम्पनीका प्रतिनिधि सुबाषलाल चिपालुले कोरोना माहामारीका बिचपनि अनेक समस्या भोगेर समयमै पुल निर्माण गरेकोमा आफुले जिम्मेवारी पुरा गरेको बताए । कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य सिता कार्की, सन्दकपूर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत महेश राई, माईजोगमाई गाउँपालिका पूर्व अध्यक्ष जीत बहादूर राई, सन्दकपूर ५ का वडासदस्य तथा बुद्धिजिवी कुमार गुरुङ्ग उपस्थिति रहेको थियो ।

 

लोकलसन्देशबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.