मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले ३१ गतेसम्मका लागि निषेधाज्ञाको थप गरेको छ । प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जिल्लाभरि जेठ ३१ गतेसम्मका लागी छैटौं पटक निषेधाज्ञा थपिएको बताए ।
यसअघि जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले २४ गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो ।
मोरङ प्रशासनले सरकारले हालै जारी गरेको कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम प्रशासनले निषेधाज्ञा थप कडाइ गर्ने जनाएको छ ।
निषेधाज्ञा उलंघन गर्ने, अवरोध गर्नेलाई अध्यादेशमा भएको व्यवस्था अनुसार कारबाही गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइसकिएको प्रजिअ निरौलाले बताए ।
अध्यादेशमा कोरोना नियन्त्रण, रोकथाम र निदानमा अवरोध गर्नेलाई १ वर्ष कैद वा ५ लाख जरिवाना वा दुवै सजाय गर्ने प्रजिअलाई अधिकार दिएको छ ।

























