२०४६ सालपछि लाभका पदमा पुगेका नेकपा एमालेका सबै नेता कार्यकर्ताको नाम र सम्पति विवरण सार्वजनिक गरेर छानविनका लागि एमाले तयार छ : नेता राई

 २५ असोज, झापाः “दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौ, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौ“ भन्ने मुल नाराका साथ नेपाल कम्युनिस्ट पार्टी (एमाले) झापा जिल्ला कमिटीको सातौं पूर्ण बैठक शनिबार सम्पन्न भएको छ ।

बदलिँदो राष्ट्रिय परिस्थिति र अबको पार्टी कामका सन्दर्भमा बैठक आयोजना गरिएको हो । झापा जिल्ला पार्टी कार्यालयको सभाहलमा पार्टीका स्थायी कमिटी सदस्य, कोशी प्रदेश इञ्चार्ज एवम् कोशी प्रदेशका पुर्व मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा भएको बैठकमा बोल्दैं राईले २०४६ सालपछि लाभका पदमा पुगेका नेकपा एमालेका सबै नेता कार्यकर्ताको नाम र सम्पति विवरण सार्वजनिक गरेर छानविनका लागि एमाले तयार रहेको बताए ।
‘हामी एमालेका नेता कार्यकर्ताले अनियमितता गरेका छैनौं’, इञ्चार्ज राईले भने, ‘हामीले सरकार बनाए पनि २०४६ सालको आन्दोलनपछि राज्यका अरु अंगको पुर्नसंरचना गर्न नसक्ता अहिलेको समस्या आएको हो ।’
अहिले संसद ‘कोमा’मा रहेको चर्चा गर्दै उनले कठपुलती सरकारले चुनाव नगराउने भएकाले संसद पुनःस्थापनाको विकल्प नरहेको बताए । नेता राईले यस बेला देश संकटको डिलमा उभिएको समेत दाबी गरे ।

बैठकमा एमाले स्थायी समिति सदस्य एवम् कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेपाललाई असफल राष्ट्र बनाउने षडयन्त्र भइरहेकाले एमालेका नेता कार्यकर्ताले सबै नेपालीलाई सचेत बनाउनु पर्ने दायित्व रहेको उल्लेख गरे ।

बैठकमा पार्टीका कोशी प्रदेश कमिटी सचिव राजकुमार भण्डारीले एमाले पार्टी र नेतृत्वमाथि भइरहेको प्रहारको प्रतिवाद गर्नु पर्ने बताए । बैठकमा पार्टीले अब गर्ने कार्यक्रमबारे जिल्ला अध्यक्ष प्रेम गिरीले जानकारी गराए । असोज २७ गते नेकपा एमालेका युवा विद्यार्थीको अगुवाईमा झापाको सदरमुकाम चन्द्रगडीमा प्रदर्शन र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने बताइएको छ ।

जिल्ला कमिटी अध्यक्ष प्रेम गिरीको अध्यक्षतामा भएको बैठकमा सहभागी सबैलाई उपाध्यक्ष शिव ढुङ्गेलले स्वागत तथा सचिव तुलसी कार्कीले सञ्चालन गरेका थिए ।

 

 

 

 

 

 

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

हरिप्रसाद ओली : सहकारी, समाजसेवा र आध्यात्मिक यात्रामा समर्पित जीवन

नारायणबहादुर बस्नेत तत्कालीन तेह्रथुम जिल्ला (हाल केही भूभाग ताप्लेजुङमा पर्ने) निगुरादिन गाउँ पञ्चायतमा स्व. जयप्रसाद ओली र स्व. भगमाया ओली...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.