धरान । धरान उपमहानगरपालिकाले २५ डिसेम्बर अर्थात् क्रिष्टमस डे को अवसरमा आज शुक्रवार सार्वजनिक बिदा गर्ने निर्णय गरेको छ ।
हिजो बिहीबार बसेको कार्यपालिकाको बैठकले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ (ख्रीष्टमस) को अवसरमा बिदा दिने निर्णय भएको विज्ञप्ति मार्फत जनाइएकोथियो ।
वडाहरूबाट सुझाव पनि मागेर धरानमा इसाई धर्मावलम्बीहरूको बाहुल्यता तथा बसोबास पनि भएकोले कार्यपालिकामा छलफल गर्दा स्थानीय बिदाको रूपमा क्रिष्टमस डेमा सार्वजनिक बिदा दिने निर्णय भएको मेयर तिलक राईले जानकारी दिँदै एकमुष्ट रूपमा उनले इसाई धर्मावलम्बीहरूलाई शुभकामना पनि दिए ।
धरान ख्रिष्टियन समाजका अनुसार धरानमा ७३ वटा प्रार्थना गर्ने मण्डलीहरू रहेका छन् ।