अटोभित्र बेहोस अवस्थामा भेटिएका चालकको मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

इटहरी । विराटनगर–४ एयरपोर्ट मोडमा अटो टेम्पोभित्र बेहोस अवस्थामा भेटिएका चालकको मृत्यु भएको छ ।

सडकको पश्चिमतर्फ रोकेर राखिएको को २ ह २३३३ नम्बरको अटोभित्र इटहरी–३ तालतलैयाका ३० वर्षीय विषम श्रेष्ठ सोमबार साँझ बेहोस भेटिएका थिए । सिटमा ढल्किएको अवस्थामा उनी बेहोस भेटिएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खवर गरेका थिए ।

स्थानीयको सहयोगमा प्रहरीले श्रेष्ठलाई उपचारका लागि नोबेल अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको मोरङ प्रहरीले जनाएको छ ।

अटो श्रेष्ठको आफ्नै रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अटोमा बोराभित्र पाँच किलोजति चिनी पनि भेटिएको छ । आधा खाएको अवस्थामा फ्रुटीको बट्टा पनि भेटिएको प्रहरीले जनाएको छ ।

घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.