अर्जुनधारा विजयी,कचन कवल र भद्रपुर बराबरी,कमललाई बाँकी खेल प्रतिबन्ध

A notice in Nepali from Mechinagar Ward No. 10

भद्रपुर ,मङ्सिर १४। झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको आफ्नो दोस्रो खेलमा भद्रपुर र कचनकवलले बराबरी खेलेसँगै नतिजा रोमाञ्चक बनेको छ ।
आजको बराबरी नतिजाले कचनकवल समूह ग को दोस्रो स्थानमा उक्लिएको छ भने भद्रपुर तेस्रो स्थानमा पुगेको छ । समान दुई खेल खेलेका यी दुवै टिमले अब एकएक खेल खेल्न बाँकी छ ।
कचनकवलले अन्तिम खेल ६ अंक रहेको शीर्ष स्थानको मेचीनगरसँग खेल्नेछ भने १ अंक मात्र रहेको भद्रपुरले १ अंक रहेको अन्तिम स्थानको बाह्रदशीको सामना गर्नेछ । बाह्रदशी गोलअन्तरले भद्रपुरभन्दा एक स्थान तल रहेको छ ।

पहिलो खेलको सुरुवाती अग्रता भद्रपुरले लिए पनि थामिन नसक्दा कचनकवलले गोल फर्कायो । खेलको १७ औँ मिनेटमा भद्रपुरका निवाङ लिम्बूले गरे पनि ६९ औँ मिनेटमा कचनकवलका सुगम राईले गोल गर्दै बराबरी बनाए ।
खेलको प्लेयर अफ दि म्याच कचनकवलका कप्तान रामबाबु शाह भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, महासचिव जीवनकुमार श्रेष्ठ, भद्रपुर जेसीजका पूर्वअध्यक्ष प्रकाश भण्डारीले नगद दुई हजार र ट्रफी प्रदान गरे ।
यसैबीच, आज भएको दोस्रो अर्जुनधारा विजयी बन्यो । अर्जुनधाराले कमल गाउँपालिकालाई हराएसँगै समूह घ को नतिजा पनि रोमाञ्चक बनेको छ ।
खेलको अन्तिम पाँच मिनेटअघि कमलका खेलाडीले मुख्य रेफ्री डिकबहादुर श्रेष्ठलाई हातपात तथा कुटपिट गरेका थिए । कुटपिटबाट श्रेष्ठ घाइते बनेका छन् ।
कमलका कप्तान लक्ष्मण बेघा, गोलकिप्पर उत्तम कार्की र प्रशिक्षक चित्रमान राईले रेफ्री श्रेष्ठलाई हातपात गरेपछि रातो कार्ड खाएका थिए ।
कार्ड पाएपछि कमलले खेल नखेल्ने भन्दै मैदान छोडेपछि अर्जुनधारालाई विजयी घोषणा गरिएको थियो । आयोजक र अफिसियलहरुले मैदान नछोड्न आग्रह गरे पनि कमलले मानेन ।
आजको जितसँगै अर्जुनधारा आफ्नो समूहको पहिलो स्थानमा चढेको छ । उसको ४ अंक पुगेको छ ।
यसअघि खेलको २८ औँ मिनेटमा अर्जुनधारका निखिल तामाङले गोल गरेका थिए । तर, ३८ औँ मिनेटमा कमलका नरबहादुर मगरले गोल फर्काएका थिए ।
अर्जुनधाराले अन्तिम खेल अंकविहीन रहेको दमकसँग प्रतिस्पर्धा गर्नेछ भने एक खेल खेल्न बाँकी रहेको कमललाई प्रगियोगिताबाटै निलम्बन गरिएको छ । खेल नियमविरुद्ध रेफ्रीमाथि कुटपिट गरेको कारण कमललाई बाँकी खेलमा प्रतिबन्ध लगाइएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.