Saturday, March 25, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह सूचना / प्रविधि

गुगल अकाउन्ट भरियो ? यसरी गर्नुहोस् खाली

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • December 23, 2020
  • 3:38 PM
  • No Comments
भित्र सूचना / प्रविधि
189 2
A A
Share on FacebookShare on Twitter

 गुगलले आगामी आफ्नो स्टोरेज नीतिमा ठूला सुधारहरु ल्याउने घोषणा गरेको छ । यी सुधारले हालका गुगल तथा जिमेल अकाउन्ट होल्डरमा ठूलो प्रभाव पार्ने छ ।

गुगलले जुन २०२१ देखि गुगल फोटोजमा प्रदान गर्दै आइरहेको फ्रि अनलिमिटेड हाई–क्वालिटी फोटो ब्याकअप अप्सनलाई बन्द गर्नेछ । यस्तै, गुगल सिट्स, डक्स, फर्म्स वा अन्य गुगल सेवामा बनाइएका सबै नयाँ फाइल डक्युमेन्टहरु जुनदेखि १५ जीबी स्टोरेज कोटामा अटाउन सक्ने छैनन् ।

यस्तै, अर्को ठूलो परिवर्तन भनेको यदि तपाई गुगलको सेवाहरु जस्तै जिमेल, गुगल फोटोमा लामो समयदेखि निर्भर हुनुहुन्छ भने तपाईको १५ जीबी डेटा चाँढै पूरा हुँदैछ । यदि तपाई गुगलको आउँदै गरेको स्टोरेज नीतिदेखि चिन्तित हुनुहुन्छ भने जिमेल र फोटोजमा भएका जङ्क फाइलहरु डिलिट गरेर स्टोरेज स्पेस खाली गर्नुहोस् ।

यसबाहेक आज हामी तपाईलाई आफ्नो गुगल र जिमेल अकाउन्टको स्टोरेजलाई खाली बनाउने तरिकाहरु सिकाउने छौं ।

१. प्रयोग भएको स्टोरेजको ओभरभ्यू पाउनुहोस्

आफ्नो गुगल अकाउन्टको स्टोरेजलाई खाली गर्नुअघि स्टोरेज कसरी प्रयोग भइरहेको त्यो कुराको ओभरभ्यू (अवलोकन) गर्नुहोस् । कहिलेकाँही तपाई‌ंले धेरै वर्ष अघि अपलोड गरेका ठूला फाइल र गुगल फोटोजमा अपलोड गरेको तस्बिरहरुले पनि ती स्टोरेजमा ठाउँ ओगटेको हुनसक्छ ।

गुगल सर्भिस ड्राइभ, फोटो र फेमिली शेयरिङमा प्रयोग भएको स्टोरेजको ओभरभ्यू हेर्न गुगल वान पेजमा जानुहोस् ।

२. गुगल स्टोरेज म्यानेजरको प्रयोग

गुगलको आफ्नै स्टोरेज म्यानेजर पनि छ । जसले गुगल अकाउन्टको तपाईको स्टोरेजलाई खाली गरिदिन्छ । यो म्यानेजरले प्रयोगकर्तालाई जिमेलको इमेल, स्पाम इमेल तथा ठूला फाइलहरु हटाउन ओभरभ्यू गर्ने सुविधा दिन्छ ।

३. पुराना इमेलहरुलाई हटाउनुहोस्

यदि तपाईं इमेल लामो समयदेखि प्रयोग गर्दै हुनुहुन्छ भने तपाईंको जिमेलमा ठूला अट्याचमेन्टसँग धेरै पुराना थोत्रा फोहोरहरु थुप्रेर बसेको होला । यस्ता फोहोरले तपाईंको जिमेलमा कति स्पेस खाइरहेको हुन्छ । यस्ता इमेलहरुलाई डिलिट गर्नुहोस् ।

तपाईले जिमेलको सर्चबक्समा ‘hasMattachment’ सर्च गरेर अट्याचमेन्टसहितको इमेल फिल्टर गर्नसक्नुहुन्छ र त्यहाँ भएङ्का पुराना इमेललाई डिलिट गर्न पनि । साथै तपाईले ‘largerM10mb’ सर्च गरेर भारी तथा ठूला इमेलहरु पनि हटाउन सक्नुहुन्छ । भारी इमेलहरु खोजेर डिलिट गर्ने यो छिटो र सजिलो तरिका हो ।

साथै तपाईले मेलस्टोर प्रयोग गरेर पनि आफ्नो जिमेल अकाउन्टबाट महत्वपूर्ण तथा पुराना इमेलहरु तान्न सक्नुहुन्छ । यो एउटा निःशुल्क इमेल आर्काइभ सफ्टवेयर हो । एकपटक ल्याइसकेपछि तपाईले आफ्नो पुरै अकाउन्टको पुराना मेलहरु डिलिट गर्नसक्नुहुन्छ ।

४. गुगल फोटोजमा भएका फोटोलाई कम्प्रेस गर्नुहोस्

यदि फोटोको ओरिजिनल क्वालिटीका लागि गुगल फोटोजमा ब्याकअप राख्नु भएको छ भने त्यसलाई हाई क्वालिटी मोडमा बदल्नुहोस् । यसले तपाईंको सबै पुराना फोटोहरुलाई कम्प्रेस गर्दछ । ता कि तपाईको फोटो १५ जीबी स्पेस कोटामा आँट्न सकोस् ।

तर यसले २०२१ को जुनपछि काम गर्ने छैन । किनभने हाई क्वालिटी अपलोड फोटो फिचर हुने छैन । यद्यपि आफ्नो फोटो राख्दा सधै कम्प्रेस गर्न नभुल्नुहोस् । तर एउटा राम्रो विकल्प के छ भने तपाईंले रिकोभर स्टोरेज अप्सन प्रयोग गरी आफ्नो फोटो तथा भिडियोलाई हाई–क्वालिटीमा कम्प्रेस गर्नसक्नुहुन्छ ।

५. गुगल बीन खाली गर्नुहोस्

तपाईंले आफ्नो जिमेल वा गुगल ड्राइभबाट कुनै फाइल लिलिट गरिसकेपछि ति फाइल बीन वा ट्र्यासमा गएर बसेका हुन्छन् । त्यसबाट पनि ति फाइल डिलिट गरेपछि मात्रै तपाईंको स्टोरेज खाली हुन्छ ।

५. ब्याकप र सिङ्क प्रयोग गर्न बन्द गर्नुहोस्

यदि तपाईंले गुगल ब्याकअप वा सिङ्क प्रयोग गरी आफ्नो गुगल ड्राइभमा फाइल ब्याकअप गर्नुहुन्छ भने यस्तो बानी रोक्नुहोस् । तपाईले यसको सट्टा ड्रपबक्स प्रयोग गर्नुहोस् ।

ब्याकअपका लागि तपाईले अर्को जिमेल पनि खोल्नसक्नुहुन्छ । यदि तपाईको पीसीमा धेरै ठूला फाइलहरु छन् भने यसले तपाईको प्रमुख गुगल अकाउन्टमा धेरै ठाउँ नलिएको ठिक हुन्छ ।

६. गुगल वान स्टोरेज खरिद गर्नुहोस्

यदि माथिका सबै विधिबाट पनि तपाईको स्टोरेज खाली हुन सकेन भने गुगल वान प्रयोग गरी एडिसनल स्टोरेज खरिद गर्नुहोस् । यसको मूल्य पनि निकै कम छ । गुगलले तपाईलाई सय जीबी स्टोरेजका लागि प्रति महिना १.९९ डलर चार्ज गर्दछ ।

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

चुनावमा गठबन्धन गर्नुपर्छ भनेर जबर्जस्ती निर्णय लाद्नु हुँदैन : गगन थापा
मुख्य समाचार

प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैन : गगन थापा

March 23, 2023
भद्रपुर-पोखरा सिधा उडान सुरु, ६ यात्रु लिएर उड्यो बुद्ध एयर : भोलि पोखराबाट भद्रपुरका लागि उडान भर्ने
कोशी प्रदेश

भद्रपुर-पोखरा सिधा उडान सुरु, ६ यात्रु लिएर उड्यो बुद्ध एयर : भोलि पोखराबाट भद्रपुरका लागि उडान भर्ने

March 9, 2023
प्रेस क्लब मेचीनगरले मनायो होली
कोशी प्रदेश

प्रेस क्लब मेचीनगरले मनायो होली

March 7, 2023
बुद्ध एयरले पोखरा–भद्रपुर उडान गर्ने
अर्थ / वाणिज्य

बुद्ध एयरले पोखरा–भद्रपुर उडान गर्ने

February 26, 2023
मेचीनगरबाट सुरु भयो ‘मेचीनगर अनलाइन’
मुख्य समाचार

मेचीनगरबाट सुरु भयो ‘मेचीनगर अनलाइन’

February 26, 2023
च्याटबटले गलत जवाफ दिँदा गुगललाई लाग्यो एक दिनमै १०० अर्ब डलर घाटा
अन्तर्राष्ट्रिय

च्याटबटले गलत जवाफ दिँदा गुगललाई लाग्यो एक दिनमै १०० अर्ब डलर घाटा

February 9, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

नेपाल स्टक एक्सचेन्जले वर्सेनि सरकारलाई उत्कृष्ट लाभांश दिँदै

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In