झापामा सवारी दुर्घटना र पर्खाल भत्किएर दुईजनाको मृत्यु

२९ असार, मेचीनगर : झापाको दमकमा आइतबार मध्यान्ह भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यू भएको छ भने एकजना घाइते भएकीछन् ।

जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार अन्दाजी १२ः०० बजे झापा जिल्ला दमक नगरपालिका —३ संगम चोक स्थित डिपु चोकबाट आम्दा तर्फ आउदै गरेको मे १ ख २८८४ नम्बरको टिपरले बिपरीत दिशाबाट जादै गरेको मे ११ प ५४५३ नम्बरको स्कुटीलाई ठक्कर दिई दुर्घटना भएको थियो ।

सो दुर्घटनामा परी स्कुटी चालक दमक —३ बस्ने बर्ष ४४ की टिका गौतमको दाहिने खुट्टाको घुडामा सामान्य चोट लागेको र स्कुटी पछाडी सवार सोहि ठाउँकी ५५÷५६ वर्षकी लक्ष्मी गौतमको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
स्कुटी, टिपर र टिपर चालक झापा जिल्ला बिर्तामोड नगरपालिका —२ बस्ने बर्ष ४६ को तोयानाथ बिकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

सम्पुर्ण कानुनी प्रक्रिय पुरा गरी लास पोष्टमार्टमको लागि दमक अस्पताल पठाइएको प्रहरीको भनाई छ ।

यसैगरी, आइतबार अपरान्ह ४ बजेतिर झापा जिल्ला भद्रपुर नगरपालिका—६ राधाकृष्ण टोलमा पर्खाल लड्दा एकजना कामदारको ज्यान गएको छ ।
सघन सहरी भवन निर्माण बिभागको नालाको काम गर्ने क्रममा ईन्द्र राउतको घरको कम्पाउण्डमा लगाएको पर्खाल भत्किदाँ यज्ञ निर्माण एण्ड सप्लायर्स प्रा.लि. ले नालाको काम गर्न खटाएको कामदार झापा जिल्ला बिर्तामोड नगरपालिका— ९ लक्कीबारी बस्ने अं. बर्ष ३५ को लक्ष्मण कामतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गम्भीर घाईते उनलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएकोमा साँझ ५ बजे उपचारको क्रममा डाक्टरद्धारा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

 

 

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.