१० भाद्र, मेचीनगर : पछिल्लो २४ घण्टामा १ हजार ९२९ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ४३३ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७०२ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ५२ जनामा संक्रमण देखिएको छ भन ४ हजार ६७२ जनाको एन्टिजेन परीक्षण गर्दा ३८१ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १४ हजार ३७४ जनाको कोरोना परीक्षण गर्दा २ हजार ४३३ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३८४ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ७ लाख ५४ हजार ९१५ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ८१ हजार ९६८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ७ लाख ५ हजार ८९३ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ६३८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।