झापा र इलामका निर्माण व्यवसायीले बुझाए मुख्यमन्त्रीलाई ज्ञापन पत्र

A notice in Nepali from Mechinagar Ward No. 10

रोहित काफ्ले
८ साउन, भद्रपुर  : कोशी प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय झापाद्वारा कार्यान्वयन भएका कतिपय योजनाहरुको भुक्तानी नपाएको भन्दै झापा र इलामका निर्माण व्यवसायीहरु आन्दोलित बनेका छन् ।

यसैक्रममा पीडित निर्माण व्यवसायीहरुले यथाशीघ्र भुक्तानीको माग गर्दै आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईलाई ज्ञापनपत्र बुझाएका छन् । निर्माण व्यवसायी संघ झापाको अगुवाइमा संघका अध्यक्ष रमेश अधिकारीको नेतृत्वमा मुख्यमन्त्रीको कार्यालय विराटनगर पुगेको निर्माण व्यवसायीहरुको टोलीले मुख्यमन्त्री कार्की र मन्त्री राईलाई ज्ञापनपत्र बुझाएको हो । टोलीमा संघका प्रथम उपाध्यक्ष केदार गिरी, महासचिव पुष्पराज निरौला, कोषाध्यक्ष यज्ञनिधि भुर्तेललगायत पदाधिकारी–सदस्य तथा व्यवसायीहरु रहेका थिए ।

निर्माण व्यवसायीहरुले कतिपय योजनाहरु सम्पन्न भई गत आर्थिक वर्षको असार २४ भित्र पूर्वाधार विकास कार्यालय झापामा पेश भएका बीलहरुको भुक्तानी रोकिएको, कतिपय योजना सम्पन्न भए पनि कार्यालयले नापजाँच गरी अन्तिम बील तयार नगरिदिएका कारण भुक्तानी रोकिएको बताएका छन् । यसबाट निर्माण व्यवसायीहरु आर्थिक संकटमा परेको संघका कोषाध्यक्ष यज्ञनिधि भुर्तेलले बताए ।

भुक्तानी रोकिएको सम्बन्धमा पटक–पटक मुख्यमन्त्री, सम्बन्धित मन्त्रालय र कार्यालयलाई ध्यानाकर्षण गराइए पनि आश्वासन मात्र पाएको संघले जनाएको छ । कोशी प्रदेश सरकारले भुक्तानीको विषयलाई ०८२÷०८३ को बजेटमा सम्बोधन गर्ने बताए पनि बजेटमा समावेश नगरिएको व्यवसायीहरुले बताएका छन् ।

ज्ञापनपत्रमा भुक्तानी नपाएर पीडामा रहेका निर्माण व्यवसायीको रोकिएको भुक्तानी यथाशीघ्र उपलब्ध गराउन माग गर्दै अन्यथा चरणबद्ध आन्दोलनमा जान वाध्य हुने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.