टिकटक बनाउँदा बनाउँदै एक बालिकाको ज्यान गयो

A notice in Nepali from Mechinagar Ward No. 10

उदयपुर । उदयपुरमा टिकटक बनाउँदा बनाउँदै झुण्डिएर एक बालिकाको ज्यान गएको छ । चौदण्डीगढी नगरपालिका ९ का जीतबहादुर बस्नेतका ११ वर्षिय छोरी संजीता बस्नेतको ज्यान गएको हो ।

बुधबार साँझ आमा बुवा भान्सा कोठामा खाना खाँदै गर्दा अर्को कोठामा छोरीले मुढामाथि मुढा राखेर सलको पासो लगाई भिडियो बनाउने क्रममा मुढा चिप्लिएर मृत्यु भएको स्थानीय दिपक पराजुलीले जानकारी दिए । मोबाइल धरिनमा राखेको अवस्थामा फेला परेको र घाटीमा सलको पासो बनाएर बाई बाई गरेको भिडियो देखिएको पराजुलीले जनाएको छ ।

बालिका आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख भिवबहादुर दाहालले जानकारी दिए । ‘सलको पासो बनाएर झुण्डिएको भिडियो फुटेज देखिन्छ, भिडियो फुटेज अनुसन्धानकै क्रममा रहेकोले फोरेन्सिक ल्याब पछि मात्रै बताउन सकिन्छ ।’ एसपी दाहालले भने, ‘भिडियो झुण्डिएकै दिनको हो कि अरु दिनको हो, अनुसन्धान पश्चात थाह हुनेछ ।’

यसरी नै गत बैशाख अन्तिम साता कटारी नगरपालिका–११ हर्देनी भीरमा टिकटक बनाउने क्रममा लडेर धरान उपमहानगरपालिका ५ का १८ वर्षिय युवक सुवास परियारको मृत्यु भएको थियो । धरानबाट ओखलढुङ्गा तर्फ जाँदै गरेको ना.१ च ३३७० नम्बरको सुमोमा चढेका उनी उदयपुरको हर्देनीमा सुमो बिग्रिएपछि ओर्लिएर भिरमा टिकटक बनाउन थालेका थिए । टिकटक बनाउँदा बनाउँदै चिप्लिएर ज्यान गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.