४ भदौ मेचीनगर : नेकपा (एमाले) का सचिव पद्यम अर्यालले नयाँ पुस्ताले तीज पर्वलाई महिला एकता, सशक्तीकरण र मौलिक संस्कृतिको संरक्षण गर्ने तरिकाले मनाउनुपर्ने बताएकिछन् ।
प्रेस चौतारी नेपालले आज आयोजना गरेको ‘तीज मिलन’ कार्यक्रममा हिजोको पुस्ताले तीज पर्वका अवसरमा विभेदको पर्खाल तोडने अस्त्र बनाएको र अहिलेको पुस्ताले यस्को मौलिकपनको संरक्षण गरेर मनाउनुपर्ने बताईन ।
“हाम्रो पुस्ताले विभेदको पर्खाल तोड्नका लागि तीज पर्व मनायो” पूर्व मन्त्री समेत रहनुभएकी नेतृ अर्यालले भनिन्,“नयाँ पुस्ताले एकता, महिला सशक्तीकरण र तीजको मौलिक संस्कृतिको संरक्षण गर्दै मनाउनुपर्छ ।” सचिव अर्यालले तीज पहिलाको घरमा पाएका पीडा र वेदनमा माइतीमा आएर साथीसंगीसँग मिलेर गीतमार्फत आफ्नो पीडा पोख्ने माध्यमका रुपमा विकास भएको हुनाले तीज पर्व आँशु, खुशी र इतिहासको पर्व भएको बताईन्
नेकपा (एमाले)का प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले दिदीवहिनी, साथीहरुसँग भेटघाट गरी दुःखसुख साट्ने पर्वको रुपमा विकास हुँदै आएको र लैङ्गिक विभेद अन्त्यका लागि यसको उपयोग गर्नुपर्ने बताए
नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले व्यवसायिक पत्रकारिताको विषयमा छलफल गर्ने र आपसका दुःखसुख साट्ने पर्व भएको बताईन्
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले सधै काममा व्यक्त रहने महिला पत्रकारहरुले एकदिन भएपनि भेटघाट गरेर आपसमा भलाकुसारी गर्ने माध्यममा रुपमा कार्यक्रमको आयोजना गरेको बताए ।
पत्रकार बबिता बस्नेतले महिला पत्रकारका सवाल र समस्यामा पनि यो पर्वका अवसरमा छलफल गर्न सकिने र भेटघाट, खुशी र उत्साहका रुपमा तीज पर्व मनाउनुपर्ने भनाई राखिन । कार्यक्रममा तीजसम्बन्धी सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो ।
अनेमसंघ मेचीनगरद्वारा एसइई उत्तीर्णका आमाहरु सम्मानित
रातो सारीमा सजिएका पाँच सय बढी महिलाहरु र उनीहरुलाई दर खुवाउन उपस्थिति दाजुभाईहरुले बुधबार धुलाबारीस्थित राधास्वामीको हल खचाखच थियो ।
अखिल नेपाल महिला संघ मेचीनगर कमिटीले आयोजना गरेको तीज विशेष कार्यक्रममा तडकभडकरहित महिलाहरुको उपस्थितिले हुँदा खाने र हुने खानेबीचको तालमेललाई मिलाएको देखिन्थ्यो ।
सामान्य खालका राता सारी, चुरा र पोतेमा सिंगारिएका महिलाहरुले तीजको लहर आयो बरि लै… गीतमा छमछमी नाच्दा दाजु भाईहरुले ताली पड्काएर प्रोत्साहन गरिरहेको दृश्य हेर्न लायक थियो ।

दिदी बहिनीहरुलाई पानी खुवाउने, खानेकुराको जोहो गर्ने र ताली बजाएर नाच्न हौस्याउने, नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य विष्णु प्रसाई, हरिचरण बानियाँ, भीम खवास, प्रदेश, जिल्ला कमिटीदेखि नगरकमिटी समेतका पार्टीका सदस्यहरु खटिएका थिए ।
कार्यक्रमकी प्रमुख अतिथि अनेम संघ केन्द्रीय उपाध्यक्ष मेनुका काफ्ले, मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेती र संघकी नगरकमिटी अध्यक्ष हेमा सिटौलालाई सल्लाहकार परिषद सदस्य विष्णु प्रसाई र भीम खवासले रसबरि खुवाएर दर खुवाउन सुरुवात गरेको दृश्यले दाजुभाई तथा दिदी बहिनीको आत्मीयपनको गहिरो अनुभव गर्न सकिन्थ्यो ।
कार्यक्रममा प्रमुख अतिथि काफ्लले विगत ४० बर्षदेखि संघले हाम्रो संस्कार र संस्कृतिको जर्गेना गर्ने उद्देश्यले तीज कार्यक्रम मनाउँदै आएको बताईन् । उनले कार्यक्रममा सबै महिलाहरुले राजनीति बुझ्न अनिवार्य रहेको बताउँदै संविधानमा लेखिएको महिला अधिकारका कुरालाई अक्षरस कार्यान्वयन गराउन अनेम संघ सक्रिय भएर लागेको बताईन । “अब राजनीति जानेन भने केही गर्न सकिदैन”, उहाँले भन्नुभयो, “टोल विकासदेखि राज्य चलाउन पनि राजनीति नै बुझेको चाहिन्छ ।”

संस्थाकी अध्यक्ष हेमा सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा ३० जना एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीका आमाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सल्लाहकार प्रसाई र नगर उपप्रमुख उप्रेतीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।संस्थाकी उपाध्यक्ष अनिता गुरागाईले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा अगुवा महिला नेतृ सरस्वती सिटौला, रमा भण्डारीलगायतले तीजको गीत गाएका थिए ।
























