इटहरी ,जेठ २४ । मोरङको रतुवामाई नगरपालिकाका प्रमुख रबिन राईमा कोरोना संक्रमण पुष्टि भएको छ ।राईलाई एन्टिजेन परिक्षण गर्दा पोजेटिभ देखिएको हो ।
आज सोमबार गोबिन्दपुरमा रहेको नगर पालिकाको स्वास्थ्य चौकीमा उनको एन्टिजेन परिक्षण गरिएको थियो । नगरप्रमुख राई केहि समयदेखि समुदायमा कोरोना फैलिन नदिन र नगरवासीलाई कोरोना संक्रमण मुक्त पार्ने कार्यमा आफै सक्रिय रुपमा खटिदै आएका थिए ।
























