२७ जेठ मेचीनगर : झापाको मेचीनगरमा सोमबार सम्पन्न ‘अटिजम तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुका लागि समावेशी शिक्षा प्रवद्र्धन’ का सहभागीहरुले ३३ जना बालबालिकामध्ये एकजनामा कुनै न कुनै प्रकारको अटिजम हुने गरेको बताएका छन् ।
मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोख्रेल उप्रेती, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव होमनाथ भण्डारी, बाल विकाश ‐इसीडी) विशेषज्ञ तथा मनोविद प्रिसिमा थापा (आशिषा) र बरिष्ठ बालरोग विशेषज्ञ डा.रुपक आचार्यले ‘अटिजम तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुका लागि समावेशी शिक्षा प्रवद्र्धन’ बारेको सत्रमा छलफल गदैं अटिजम अपाङ्गता नभएर अटिजम एक अवस्था, जसले मानिसको व्यवहार र सञ्चारलाई असर गर्ने बताएका थिए ।

काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन धुलिखेलको सहयोगमा मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका तथा समाज कल्याण शाखाले आयोजना गरेको कार्यक्रममा प्यानललिष्टको रुपमा रहेकी मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोख्रेल उप्रेतीले मेचीनगरपालिकाक्षेत्रमा अपाङ्गताभित्र पर्ने अटिजम र डाउन सिन्ड्रोम भएका व्यक्तिहरुको वर्तमान अवस्था, उनीहरुको आवश्यकतालाई नगरपालिकाले सम्बोधन गरेर सञ्चालन गरेका कार्यक्रमहरुका बारेमा धरणा राखिन् ।

अटिजम र डाउन सिन्ड्रोम भएका व्यक्तिहरुका लागि सहयोग पुग्ने गरी नगरपालिलकाले नीति तथा कार्यक्रममा सम्बोधन गरेको र उनीहरुका परिवारहरुलाई समेत नीति तथा कार्यक्रममा समेटेको बताइएन् । छलफलमा उपप्रमुख उप्रेतीले अटिजम तथा बौद्विक अपाङ्गता भएका बालबालिकाहरुको अभिलेख संकलन, व्यवस्थापनको स्थिति कस्तो छ, पहिचान, आवश्यकता, मुल्याकंन, सेवा प्रवाहको सुनिश्चिता, अभिलेख प्रणालीलाई प्रभावकारी बनाउन, थेरापी, विद्यालय निर्माण लगायतका योजना र सम्भावनाका विषयमा धारणा राखेकी थिइन् ।
छलफलमा सहभागी शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव होमनाथ भण्डारीले मेचीनगरभित्र रहेका शैक्षिक संस्थाहरुमा समावेशी शिक्षाको अवस्था र समावेशी शिक्षाको कार्यान्वयनमा देखिएका अवरोध र समस्याहरुका विषयमा विचार राखेका थिए । सामुदायिक विद्यालयका शिक्षकहरुलाई समावेशी शिक्षा, अपाङ्ता मैत्री आवश्यक सीप विकासका लागि दीर्घकालीन तालिमहरु, विद्यालयमा सहभागी गराउन अभिभावक र विद्यालयको भूमिकालगायतका योजनाहरुका बारेमा उपसचिव भण्डारीले आफ्नो विचार राखेका थिए ।
अटिजम र डाउन सिन्ड्रोम लक्षण देखिएका बालबालिकाहरुको संख्या,तथा उनीहरुका अभिभिावकहरुलाई चिकित्सहरुलेहरले प्रदान गर्ने परामर्श तथा अस्पतालले गर्ने व्यवहारका बारेमा वरिष्ठ बालरोग विशेषज्ञ तथा बिर्तामोड चिल्ड्रेन अस्पतालका प्रमुख डाक्टर रुपक आचार्यले सहभागीहरुलाई जानकारी गराए । पछिल्लो समय अटिजम र डाउन सिन्ड्रोम लक्षण देखिएका बालबालिकाहरुको संख्यामा बृद्धि भइरहेको र अहिले ३३ जना बालबालिकामध्ये एकजनामा कुनै न कुनै प्रकारको अटिजम हुने गरेको डाक्टर आचार्यले बताएका । यस्ता बच्चाहरुको प्रारम्भिक पहिचान, लक्षणहरु शुरुवाती चरणमा नै थाहा हुने भएकाले सोही अनुसार अभिभावक, डाक्टरहरुले समयमनै उपचारका विधि अपनाउनु पर्ने उनको जोड छ ।

अपाङ्ता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि ऐन, २०७४ अनुसार अटिजमलाई अपाङ्ताको प्रकार अवस्थाको रुपमा व्यख्या गरेको छ, सरल भाषामा अटिजमलाई कसरी बुझ्ने भन्ने विषयमा बाल विकाश ‐इसीडी) विशेषज्ञ तथा मनोविद प्रिसिमा थापा (आशिषा) आफ्नो अनुभव सुनाईन् । उनले सामाजिक समावेशीकरण, शिक्षा र अन्य क्षेत्रमा पहुँच पुर्याउन स्थानीय सरकार र समुदायसँग समन्वय गरेर अघि बढ्न अपाङ्गता भएका व्यक्तिहरुका अभिभावकहरुलाई सुझाव दिएकी थिइन् । मस्तिष्क र स्नायुकोषको स्वाभाविक विकास क्रममा हुने असमान अवस्थाको रूप अटिजम भएको उनको भनाई थियो ।

यस्ता बालबालिकाका अभिभावकहरुले भने विद्यालयले भर्ना लिन नमान्ने घरमा आफ्नै निगरानीमा राख्नुपरेको उनले बताइएका थिए । कार्यक्रमको पहिलो उद्घाटन सत्रको अध्यक्षता उपप्रमुख मीना पोखरेल उप्रेतीले गरेकी थिईन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्तीलगायतले शुभकामना व्यक्त गरेका थिए । उद्घाटन सत्रमा सहभागीहरुलाई शब्दमार्फत करुणा फाउण्डेशन मेचीनगर संयोजक पदम बराइली र सञ्चालन महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेलले गरेकी थिइन् । कार्यक्रममा अपाङ्गता भएका बालबालिकाहरुकाका अभिभावक, शिक्षक, जनप्रतिनिधि, कर्मचारीलगायतको बाक्लो उपस्थिति रहेको थियो ।

























