झापा बाह्दशीका गर्भवतीलाई गाउँ गाउँमै निःशुल्क स्वास्थ्य सेवा

A notice in Nepali from Mechinagar Ward No. 10

८ साउन, बाह्दशी  : झापाको दक्षिणी भेगस्थित बाह्दशी गाउँपालिका —४ का गर्भवतीले विहीबार आफ्नै गाउँघरबाट सेवा पाएका छन् । रोटरी क्लव अफ बिर्तामोड मिड टाउनले गाउँगाउँमा पुगेर गर्भवतीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको हो ।

गर्भमा रहेको शिशु तथा आमाको स्वास्थ्य के कस्तो छ भनेर रोटरीले उक्त सेवा प्रदान गरेको रोटरी क्लब अफ बिर्तामोड मिड टाउन अध्यक्ष पुष्पाञ्जलि सिन्हा ठकुरीले बताईन् । वरिष्ट स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर प्रियंका कटुवालले गर्भ अवस्थामा आइपर्न सक्ने समस्या र त्यस्ता समस्या निराकरण सम्बधी प्रशिक्षण् प्रदान गरेकी थिइन् । कार्यक्रममा क्लवकी अध्यक्ष सिन्हाले गर्भ अवस्थाको सुरक्षा र हेरचार बारे गर्भवतीहरुलाई सचेतना गराईन् ।

नेपाल कम्यूनिष्ट पार्टी ‐एमाले) वाह्रदशी गाउँकमिटी अध्यक्ष तथा युवा उद्यमी अनिल सापकोटाको विशेष पहलमा रोट्याक क्लव अफ बिर्तामोडको सह आयोजना तथा बाह्रदशी गाउँपालिका—४ को व्यवस्थापनमा चकचकी स्वास्थ्य चौकीमा विशेषज्ञ चिकित्सक सहितको कार्यक्रम सम्पन्न भएको हो । यसक्षेत्रमा स्वास्थ्य सेवा लिन अधिकांस गर्भवती निक्कै टाढा टाढाका निजी अस्पतालदेखि मेची प्रादेशिक अस्पताल भद्रपुरसम्म जाने गरेका थिए । यसका लागि महंगो खर्च गरेर शहरका ठूल्ठुला अस्पताल पुग्नु पर्ने बाँध्यता टरेको भन्दैं उनीहरुले खुशी समेत व्यक्त गरेका छन् ।

वडा नम्बर —४ का २५ भन्दा बढी गर्भवती महिलाहरुलाई छुट्टाछुटट्ै ओपिडी सेवा समेत प्रदान गरिएको थियो । ५० जना गर्भवती सहभागीहरुलाई निःशुल्क पौष्टिक आहार समेत वितरण गरिएको र एक जना गर्भवतीको शल्यक्रिया गर्नु पर्ने भएकाले उनको उपचार निःशुल्क डा. प्रियंका कटुवालले गरिदिने घोषणा गरेकी छन । एक दिने सचेतनामूलक मातृ शिशु स्याहार तथा पौष्टिक आहार बितरण कार्यक्रमबाट निक्कैले लाभ लिइएको बताइएको छ । सम्पूर्ण गर्भवती तथा शिशुको अवस्था थाहा पाउन नियमित जाँच गर्नुपर्ने भएकाले उक्त सेवा प्रभावकारी भएको स्थानीयको भनाई छ ।

दुर्गम गाउँमा स्वास्थ्य शिविरसमेत समय समयमा सञ्चालन गर्दा निम्न अवस्था भएकाहरुले राहत पाउने उनीहरुको भनाई छ । बाह्रदशी गाउँपालिका —४ का वडाध्यक्ष महताव आलमको प्रमुख आतिथ्य तथा रोटरी क्लब अफ बिर्तामोड मिड टाउन अध्यक्ष पुष्पान्जलि सिन्हा ठकुरीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष सन्तोस अग्रवाल, वरिष्ट स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर प्रियंका कटुवाल, होम कार्की, अनिल सापकोटा, वाह्रदशी स्वास्थ्य शाखा प्रमुख राम शाह लगायतको आतिथ्यता रहेको थियो ।

क्लवका सचिव रोशन बुढाथोकीले सहजिकरण गरेको कार्यक्रमलाई अनिल सापकोटाले स्वागत गरेका थिए । प्रमुख अतिथि आलम सहित स्वास्थ्य शाखा प्रमुख साहले रोटरी क्लवले गरेको उक्त कार्यको प्रशंसा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.