विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय भन्सार दिवस मनाईँदैं

A notice in Nepali from Mechinagar Ward No. 10

८ माघ मेचीनगर : विगत बर्षझै यसबर्ष पनि ७४ औँ अन्तर्राष्ट्रिय भन्सार दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । हरेक वर्षको जनवरी २६ का दिन यो दिवस विश्वभर मनाउने गरिन्छ ।
विश्व भन्सार संगठनको निर्णयअनुसार हरेक जनवरी २६ मा यो दिवस मनाउन थालिएको हो । यस वर्ष यो दिवसको मुख्य ः ‘सतर्कता र प्रतिवद्धतासहित समाजको सुरक्षा गर्दै भन्सार ’ भन्ने रहेको छ । यसरी यस दिनमा भन्सार दिवस मनाईने कार्य भने विश्व भन्सार संगठनले तय गरेको हो । नेपालमा पनि विभिन्न जागरणका कार्यक्रम अनि गोष्ठीलगायत नागरीक उत्प्रेरणत्मक अनि जानकारीमूलक कार्यक्रम गरेर भन्सार दिवस मनाईन्छ ।
सोमबार माघ १२ गते पर्न गएको ७४ ओैँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा मेची भन्सार कार्यालय काँकडभिट्टाले तीन दिवशिय कार्यक्रम गरी मनाउने भएको छ ।
सरसफाई, आँखा शिविर, प्रभात फेरि र्यालीसहित प्रचार प्रसार र पुरस्कार वितरण सम्मान तथा चियापान कार्यक्रमससहित दिवस समापन गरिने योजना रहेको छ ।
मेची भन्सार कार्यालयले माघ १० गते सरसफाई, माघ ११ गते आँखा शिविर कार्यक्रम, माघ १२ गते बिहान प्रभात फेरि, र्याली र प्रचार प्रसार र ११ : ०० बजेदेखि पुरस्कार वितरण, सम्मान तथा चियापान कार्यक्रम गर्ने प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपानेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.