एजेन्सी । भारतको महाराष्ट्र राज्यको पुणेस्थित एक केमिकल फ्याक्ट्रीमा आगलागी हुँदा १५ जना कामदारको मृत्यु भएको त्यहाँको सञ्चार माध्यमले बताएको छ।
सोमबार साँझ सेनिटाइजर उत्पादक कारखानामा भीषण आगजनी भएको हो । कारखानामा भीषण आगलागीको भिडियो समेत केही बेरमै सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
भारतीय समाचार संस्था पीटीआईका अनुसार त्यहाँ ३७ जना कामदार कार्यरत थिए । घटनास्थलबाट २० जनालाई सकुशल उद्धार गरिएको भारतीय मिडियाले जनाएका छन् । साथै १४ जनाको शव कारखानाबाट निकालिएको छ ।
कम्पनीका अधिकारीहरुका अनुसार कम्तिमा १७ जना कामदार आगलागीको घटनापछि हराइरहेका छन् । घटनापछि ठूलो संख्यामा सुरक्षाकर्मी तथा अग्नि नियन्त्रक टोली त्यहाँ पुगेको थियो । हाल आगो नियन्णत्रमा रहेको बताइएको छ । साथै हराइरहेका कामदारको खोजी कार्य जारी छ । घटनाबारे पूर्ण विवरण आउन बाँकी छ ।

























