विराटनगर । विराटनगरमा केमिकल प्रयोग गरेर रुपैयाँ दोब्बर बनाइदिने भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
विराटनगर –८ अशोक चोक बस्ने ३५ वर्षीय चन्दन कुमार मुखियाले केमिलक प्रयोग गरेर रुपैयाँ दोब्बर बनाइदिने भन्दै दुई लाख २० हजार रुपैयाँ ठगी गरेको आरोपमा मोरङ प्रहरीले पक्राउ गरेको हो ।
मुखियाले सोही ठाउँ बस्ने ३१ वर्षीय राज कुमार रायलाई एक बाल्टिन पानीमा गोल्डेन कलरको कागज राखेर सिरिन्ज मार्फत केमिकल हालेर २४ घण्टाभित्र रुपैया दोब्बर बनाउन सकिन्छ भनेर पैसा लिएका थिए ।
भने अनुसार गर्दा पैसा दोब्बर नभएपछि रायले आफु ठगीएको भन्दै उजुरी गरेपछि प्रहरीले मुखियालाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।