जबरजस्ती करणी उद्योग मुद्दाका प्रतिवादी पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर, ५ फागुन | जबरजस्ती करणी उद्योग मुद्दाका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार साबिक इलाम बरबोटे ९ हाल झापा जिल्ला विर्तामोड २ लालमाटी बस्ने ४५ वर्षीय गंगाप्रसाद ढकाललाई प्रहरीले पक्राउ गरेको हो ।

झापा जिल्ला अदालतको २०७६ साल मंसिर २४ गतेको फैसला अनुसार जबरजस्ती करणी उद्योग मुद्दाक शिर्षकमा ढकाललाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो । त्यसपछि उनी फरार रहेको र मंगलबार जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले ढकाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

फैसला कार्यन्वयनका लागि झापा जिल्ला अदालतमा उपस्थित गराएर अदालतको आदेश बमोजिम ढकालको पीसीआर परीक्षण पश्चात रिपोट नेगेटिभ आए लगत्तै बाकी कैद भुक्तानका लागि झापा जिल्ला कारागार चन्द्रगढी पठाउने पत्र आदेश भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.