जागृत बाल उद्धार केन्द्रको अध्यक्षमा बीना तामाङ

A notice in Nepali from Mechinagar Ward No. 10

८ असार, मेचीनगर : अनाथ तथा असहाय बालबालिकालाई संरक्षण गर्दै आएको मेचीनगरको जागृत बाल उद्धार केन्द्र मेचीनगर–७ मा नयाँ सञ्चालक समिति गठन गरिएको छ ।
संस्थाको हालै सम्पन्न पाँचौ वार्षिक साधारण सभाबाट संस्था सञ्चालन समितिको अध्यक्षमा समाजसेवी बीना तामाङ चयन हुनु भएको छ।

त्यस्तै, समितिको उपाध्यक्षमा युवा समाजसेवी बालकृष्ण थापा, सचिवमा शिक्षासेवी रेवन्तराज पोखरेल, कोषाध्यक्षमा राधा प्रधान कार्की तथा सदस्यमा सीता गुरुङ, मोहन कटुवाल, प्रल्हाद श्रेष्ठ चयन हुनु भएको छ । अन्य सदस्य पछि थप गरिने बताइएको छ ।

नयाँ समिति बनेसँगै मंगलबार संस्थाको कार्यालयमा पत्रकारसँग परिचयात्मक कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा संस्थाकी नवनिर्वाचित अध्यक्ष बीना तामाङले आश्रित बालबालिकालाई नयाँ जीवन दिन सबैको सहयोगको खाँचो रहेको बताउनु भयो ।

कार्यक्रममा नवनिर्वाचित उपाध्यक्ष थापा, सचिव पोखरेल, पूर्व उपाध्यक्ष राजेश गहतराज, सीता गुरुङ, पत्रकार जिआर धिताल लगायतले निस्वार्थ सेवाभावले आश्रित बालबालिकाको निम्ति काम गर्नुपर्नेमा जोड दिनुभयो । संस्थाका विकास देवकोटाले सञ्चालन गरेको कार्यक्रममा संरक्षक गीता खड्काले आश्रित बालबालिकालाई असल शिक्षा दिन सकियो भने मात्रै असल समाज बन्ने बताउनु भयो।

स्थानीय संघसंस्था तथा सामाजिक व्यक्तित्वको सहयोगबाट चल्दै आएको उक्त संस्थालाई सरकारी निकायबाट सहयोग हुन सकेको छैन । संस्थामा हाल १६ जना अनाथ बालबालिका आश्रित छन् । उनीहरुका निम्ति संस्थाले खानबस्न तथा पढाइको व्यवस्थापन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.