प्रेस क्लवद्वारा वृक्षरोपण

A notice in Nepali from Mechinagar Ward No. 10

काँकडभिट्टा , १० जेठ/ प्रेस क्लव मेचीनगरले आफ्नाे स्थापना दिवसकाे अवसरमा आयाेजना गरेकाे साताव्यापी कार्यक्रम अन्तरगत विहीबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेकाे छ ।

 

याे सँगै क्लवकाे साताव्यापी कार्यक्रम सम्पन्न भएकाे छ । क्लवले मेचीनगर प्रवेशद्वारकाे एशियन मार्गकाे दायाँ बायाँ साइडमा विभिन्न प्रजातिका २० वटा शिरिसकाे बिरुवा राेपेकाे हाे ।

अरूणाेदय आवासीय माध्यमिक विद्यालय मेचीनगर- ६ काँकडभिट्टाले बिरुवा उपलब्ध गराएकाे हाे । कार्यक्रमका प्रमुख अतिथि मेचीनगर-६ का वडाध्यक्ष ललितबहादुर तामाङ्ग, प्रेस क्लव मेचीनगरका निर्वतमान अध्यक्ष मुक्ति पाैडेल,ईलाक प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरिक्षक सुनिल दाहाल, सशस्त्र प्रहरी बल नेपाल विओपी काँकडभिट्टाका विओपी पति प्रेम राई, पुर्व मेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठलगायतले संयुक्तरूपमा बिरुवा राेपेर कार्यक्रमकाे उद्घाटन गर्नुभएकाे थियाे ।

क्लवका अध्यक्ष लक्ष्मी उप्रेतीकाे सभापतित्वमा भएकाे कार्यक्रममा बाेल्दै प्रमुख अतिथि तामाङ्गले यी विरूवाकाे रेखदेख र हेरचाह तथा संरक्षण गर्ने जिम्मा मेचीनगर नगरपालिका र वडा नम्वर- ६ काे रहेकाे प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

उहाँले पत्रकारहरू पनि सामाजिक काममा अग्रसर हुन्छन र समाजलाई सहि मार्गमा डाेर्याउन अघि बढ्छन भन्ने सन्देश समेत यस कार्यक्रमले दिएकाे उहाँकाे भनाई छ । वडा सरकारकाे हैसियतले नगरका पत्रकार र प्रेस क्लव मेचीनगरलाई रचनात्मक कामका लागि जस्ताे सुकै साथ सहयाेग गर्ने प्रतिबद्धता वडाध्यक्ष तामाङ्गले व्यक्त गर्नुभयाे ।

प्रहरी नायव उपरीक्षक दाहालले नेपाल प्रवेशकाे पहिलाेद्वार भएकाे कारण मेचीनगरलाई हरियाली, स्वच्छ, सफा र हराभरा बनाउने जिम्मा सवैक्षेत्रकाे भएकाे भन्दै यस कामकाे थालनी प्रेस क्लवले गरेकाे भन्दै प्रशंसा गर्नुभयाे । आफुले जुनदेखि प्रेस क्लवकाे बारेमा जानकारी पाईयाे त्यसै दिनदेखि यसकाे अध्ययन गर्दै गर्दा अहिलेसम्म समाजमा क्लवले उदाहरणिय काम गरेकाे उहाँकाे भनाई थियाे । क्लवले आफुलाई निक्कै उचाईमा पुर्याएकाे उहाँकाे भनाई छ ।

निर्वतमान अध्यक्ष पाैडेलले क्लवका विभिन्न गतिविधकाे चर्चा गर्नुभयाे ।अध्यक्ष उप्रेतीले नगरका सरकारी तथा गैर सरकारी कार्यालय , संघ संस्थाकाे साथ सहयाेग विना क्लव अघि बढ्न नसक्ने भन्दै साथ सहयाेगकाे अपेक्षा गर्नुभयाे ।

सचिव जीआर धितालले सञ्चालन गरेकाे कार्यक्रममा एन प्याव्सन मेचीनगर अध्यक्ष भगिरथ राई, सशस्त्र प्रहरी नायव निरीक्षक नारायण गाैतम,महेन्द्र राजमार्ग यातायात कल्याण काेषका अध्यक्ष विष्णु गाैतमसहित सञ्चारकर्मीकाे उल्लेखिय सहभागिता रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.