काँकरभिट्टा बहुमुखी क्याक्पसको नतिजा उत्कृष्ट

४ असार, मेचीनगर : झापाको काँकरभिट्टामा अवस्थित काँकरभिट्टा बहुमुखी क्याम्पसले व्यवस्थापन संकाय चौंथो वर्ष र शिक्षा संकाय चौंथो वर्षमा उत्कृष्ट नतिजा निकाल्न सफल भएकोछ । त्रिभूवन विश्वविद्यालयले हालै प्रकाशित गरेको नतिजा अनुसार क्याम्पसबाट गतवर्ष परीक्षामा सहभागी भएका विद्यार्थीहरु मध्ये विविएस चौथो वर्षमा ६१ प्रतिशत र विएड चौंथो वर्षमा ७५ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण हुन सफल भएका छन् । शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्ने पूर्वकै शैक्षिक हबको रुपमा विकसित हुँदै गरेको यस क्याम्पसले यस वर्ष मात्र हैन विगत देखिनै उत्कृष्ट नतिजा ल्याइरहेको काँकरभिट्टा बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख बासुदेव कोइरालाले बताउनु भयो ।
लकडाउनको समयमा भौतिक रुपमा कक्षा सञ्चालन गर्न नसकिरहेको समयमा पनि अनलाइन कक्षा प्रभावकारी रुपमा सञ्चालन भैरहेको र क्याम्पसलाई पूर्णरुपमा डिजिटलाइजेशन गर्नतर्फ क्याम्पस प्रशासन र सञ्चालक समिति सक्रिय रहेको क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले बताउनु भयो ।
शैक्षिक क्षेत्रको अलवा विभिन्न अतिरिक्त क्रियाकलाप तथा खेलकुद क्षेत्रमा समेत अब्बल यस क्याम्पस क्यूएए (QAA) सर्टिफिकेशन प्रक्रियामा समते अगिाडि बढिरहेको क्याम्पसका अतिरिक्त क्रियाकलाप विभागका संयोजक लम्बोदर पौंडेल बताउनु हुन्छ ।
कोराना महामारीको कारण विद्यार्थीहरुको परीक्षा बारम्बार स्थगन भइरहेको अवस्थामा विद्यार्थीहरुलाई निराश नभइ धैर्यताका साथ घरमा नै बसीे पठनपाठनलाई निरन्तरता दिदैं आउने परीक्षाको लागि तयारी रहन क्याम्पसका शिक्षा संकाय प्रमुख हेमकुमार खड्का आग्रह गर्नुहुन्छ ।
व्यवस्थापनको विविएस र शिक्षा संकाय तर्फ विएड कार्यक्रम संचालन भैरहेको यस क्याम्पसमा निकट भविष्यमा नै सेमिस्टर प्रणालीका कक्षाहरु सञ्चालन हुने कुरा क्याम्पस सञ्चालक समितिका अध्यक्ष कमल थापाले बताउनु भयो ।

वि.सं. २०५५ सालमा स्थापित यस क्म्याम्पसमा विद्यार्थीहरुलाई छात्रवृतिमा अध्ययन गर्ने प्रशस्त अवसर रहेको कारण मेचीनगरका १५ वटै वडाका र झापा जिल्ला र अन्य विभिन्न जिल्लााबट समेत अध्ययनको लागि विद्यार्थीहरु आउने गरेका छन् । हाल यस क्याम्पसमा विविएस र विएडमा गरी कुल ५११ जना अध्ययनरत रहेका छन् ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.