काठमाडौँ । प्रहरीले झण्डै १० लाख रुपैयाँ नेपाली नक्कली नोटसहित रौतहटबाट तीन जनालाई पक्राउ गरेको छ ।
एक हजार दरको ९ लाख ९३ हजार बराबरको नक्कली नोटसहित धुनषा बटेश्वर गाउँपालिका–४ बस्ने ३८ वर्षीय शत्रुधन वरई ठाकुर, महोत्तरीको वर्दीवास नगरपालिका–९ बस्ने रञ्जित महतो र महोत्तरीकै भङ्गहा नगरपालिका–४ बस्ने २५ वर्षीय दिपेन्द्र कुमार महतो पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नारायणप्रसाद चमरीयाका अनुसार प्रहरी चौकी मठिया महुलियाबाट खटिएको प्रहरी टोलीले रौतहट ईशनाथ नगरपालिका–४ मा रहेको कालिमन्दिर नजिकैबाट चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको

























