कोभिड १९ को असर विकास निर्माणमा पनि : समयमै बनेन पालिया नदीमा पक्की पुल

A notice in Nepali from Mechinagar Ward No. 10

२८ साउन, ज्यामिरगढी : कोभिड १९ को महामारीलगायत अन्य कारणले झापाको मेचीनगर—७ को पालिया नदीमा पक्की पुल समयमै निर्माण हुन सकेन् । पुलको १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीले २०७७ जेठ २७ मा संयुक्तरुपमा शिलान्यास गर्नुभएको थियो ।
शिलान्यास समारोहमा प्रदेश सभा सदस्य मैनाली, मेचीनगर प्रमुख आचार्य, उपप्रमुख उप्रेतीले निर्धारित समयमै निर्माण कार्य सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको थियो । सम्झौता पत्रमा उल्लेख गरिएको निर्माण कार्य सम्पन्न गर्ने समयसिमाभन्दा एकमहिना बढी भएपनि अझै ३० प्रतिशत काम बाँकी नै छ ।

२०७७ साल वैशाख २४ गते निर्माण सम्झौता भएको र सम्झौता पत्रमा २०७८ साल असार २० गते निर्माण कार्य सम्पन्न गर्ने उल्लेख भएपनि कोभिड १९ , नदीमा पानीको बहाब बढी लगायत अन्य कारणले सम्झौता अनुसारको समयसीमाभित्र निर्माण सम्पन्न गर्न नसकिएको निर्माण कम्पनीले जनाएको छ ।

१ नम्बर प्रदेश सरकारको ४ करोड ३२ लाख रुपैयाँ लागत भएपनि ३ करोड ८४ लाख १४ हजार ३ सय ८७ रुपैयाँमा पुल ठेक्का लागेको थियो । उक्त पुल निर्माणका लागि निर्माण कम्पनी हिम्टुङ एण्ड थोकर सरोज जेभी निर्माण सेवा प्रालि विर्तामोड झापासँग सम्झौता भएको थियो ।

निर्माण कम्पनी हिम्टुङ एण्ड थोकर सरोज जेभी निर्माण सेवा प्रालि विर्तामोड झापाका प्रवन्ध निर्देशक परमानन्द भट्टराईका अनुसार अहिलेसम्म पुलको करीव ७० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । बाँकी ३० प्रतिशत काम अबको ४ देखि ५ महिनामा सम्पन्न हुने उहाँको भनाई छ । कोभिड १९ तथा वर्खाका कारण निर्धारित समयमै पुलको निर्माण कार्य पुरा नभएको प्रवन्ध निर्देशक भट्टराईको भनाई छ । समयमै निर्माण कार्य सम्पन्न नभएपनि सोचे भन्दा निर्माणको काम द्रुतगतिमा अघि बढीरहेको उहाँको भनाई छ ।

पुलको एलआरवीएसयुको प्राविधिक सहयोगमा पूर्वाधार विकास कार्यालय भद्रपुर झापाले यसको अनुगमन र रेखदेख गर्दैछ । ‘सिगंल स्पाम’ रहने उक्त पुलको लम्बाई पिल्लरदेखि पिल्लरसम्म २५ मिटरको हुने, ८२ फिट लम्बाइ २८ फिट चौडाइ पुलको कज्वे चौडाई २० फिट तथा दुबै तर्फ ४/४ फिट लम्बाइको पैदल यात्री हिड्ने संरचना निर्माण गरिने पूर्वाधार विकास कार्यालय भद्रपुर झापाले पसल शिलान्यासका क्रममा जानकारी गराएको थियो । यो योजना झापा निर्वाचन क्षेत्र नं १ ‘क’ को योजना छनौट अन्तर्गत प्रदेश सरकारको बजेट छनौटमा योजनामा परेको थियो ।

पक्की पुल निर्माण भएपछि मेचीनगर —७ स्थित सतिघट्टा–गोमनसरी–इटाभट्टा लाई जोड्ने छ । झापाको मेचीनगर हुँदै सदरमुकाम सम्म जोडने यो पुल सञ्चालनमा आएलगत्तै मेचीनगर र चन्द्रगडी विमास्थलको दुरी १४ किलो मिटरमात्र हुने मेचीनगर नगरपालिका वडा नम्बर ७ का वडा सदस्य रुपा गुरुङ्गको भनाई छ । पालिया नदीमा पक्की पुल बन्ने भएसँगै स्थानीयबासी हर्षित बनेका थिए । तर, निर्धारित समयमै काम सम्पन्न हुन नसक्दा उनीहरु निराश बनेका छन् । पुल बनेसँगै सदरमुकाम जाने बाटो समेत छोटो हुने स्थानीयवासीको भनाई छ ।

पालिया खोलामा पक्की पुल नबन्दा मेचीनगर—७ स्थित सतिघट्टाका अधिकाँश वासीन्दा जोखिम मोलेरै काठेपुलबाट आवातजावत गर्न बाँध्य थिए । त्यसमा पनि नजीकै रहेको अरनिको आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको पीडा त खपिनसक्नुको थियो । वर्खाशुरु भए सँगै अधिकाँश विद्यार्थीहरु स्कुलै जादैन थिए । केही विद्यार्थी भने जोखिम मोलेरै विद्यालय आउजाउ गर्दथे । विद्यार्थीहरुमात्र होईन सर्वसाधारणसमेत अहिले पालिया खोलामा पुल निर्माण कार्य शुरुभएपछि खुशी छन् ।

उक्त नदीमा पुल समयमै नबनेका कारण सर्वसाधारणले निक्कै सास्ती व्यहोर्नुपरेको नेपाली काँग्रेसका स्थानीय नेता युद्धराज ओलीको भनाई छ । पालिया खोलामा पक्की पुल नभएका कारण एउटा काठे पुलको भरमा मानिसहरु हिड्ने गरेका थिए । काठे पुललाई समेत बाढीका कारण पालिया नदीले क्षति पुर्याउँदा समयमै मर्मत तथा सम्भार नहुदाँ सर्वसाधारणले निक्कै ठूलो सास्ती व्यहोर्नुपरेको ओलीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.